चितवन, वैशाख १३ –
ट्रकको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका ३ बस्ने ६० वर्षीया ताईसन तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
हिजो (शुक्रबार) राति ९ः२० बजे आँपटारीबाट गैंडाकोटतर्फ जाँदै गरेको ग २ ख १०८० नम्बरको ट्रकले बाटो काट्ने क्रममा तामाङ्लाई ठक्कर दिएको हो ।
गम्भिर घाइते तामाङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा राति १०ः३८ बजे मृत्यु भएको हो । उनको शव छोरी शर्मिला रानाभाटले सनाखत गरेको प्रहरीले जनाएको छ ।
ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार