रत्ननगर,बैशाख १२-
पुर्वि चितवनस्थित रत्ननगर नगरपालिका वडा नम्वर-१२ मा वडा भित्रका महिलाहरुका लागि आज शुक्रबार देखि `नाैमति पञ्चेबाजा तालिम´सुरु भएको छ।
सो वडाले चालू आर्थीक बर्ष २०८१/०८२ स्वीकृत महिला लक्षित बजेटबाट वडा गाैरवकाे याेजना अन्तर्गत कला संस्कृतिकाे जगेर्ना, संरक्षण गर्नुका साथै महिला सशक्तीकरणका लागि टेवा पुग्ने उद्देश्यले `नाैमति पञ्चेबाजा तालिम´सुरु गरेको हो।
वडा अध्यक्ष सुन्दरमणि सुवेदीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नाैमति पञ्चेबाजा तालिम संचालन उपभाेक्ता समितिकी अध्यक्ष जमुना तिमिल्सेनाकाे अध्यक्षता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं वडा अध्यक्ष सुवेदिले भने,आधा आकाश ढाकेर बसेका महिला वर्गलाई घरको चुलो चौकामा मात्र सिमित नराखी सिपमुलक तालिममा आवद्ध गरि उहाँहरुको जिवनस्तर उकास्न वडा कार्यालय सदैव तत्पर रहेको छ।”
२ महिना सम्म संचालन हुने सो तालिममा वडा भित्रका ३० जना महिलाहरुको सहभागीता रहनेछ। सो तालिम वडा कार्यालय संगै रहेको आलिसान रिसोर्टमा संचालन हुनेछ।
वडा सदस्य चन्द्रकला पनेरुले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा वडास्तरिय राजनैतिक दलका प्रमुखहरु, टाेल बिकास संस्थाका अध्यक्षहरु,वडा स्थित महिलाहरुबाट संचालन भएका संघ संस्थाका अध्यक्षहरु, समितिका पदाधिकारीहरु, तालिममा सहभागी प्रशिक्षार्थिहरुकाे उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सो वडाकी वडा सदस्य सुकमाया बि.कले धन्यवाद मन्तव्य राख्नुभएको थियो। कार्यक्रम सो वडाका वडा सचिव शंकर क्षेत्रीले संचालन गर्नुभएको थियो।