भरतपुर, बैशाख १३
चितवनको कालिका नगरपालिकाले वैशाख १५ गतेदेखि पठन९पाठन सुरू गर्न सामुदायिक विद्यालयहरूलाई आग्रह गरेको छ।
शिक्षकहरूको आन्दोलनका कारण वैशाख २ गतेदेखि सुरू हुनुपर्ने विद्यार्थी भर्ना अभियान प्रभावित भएको भन्दै नगरपालिकाले १५ गतेपछि विद्यार्थी भर्नासँगै पढाइ सुरू गर्न अनुरोध गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले नगरभित्रका सबै सामुदायिक विद्यालयहरूलाई पत्र पठाएको बताए।















