Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, असोज २९, २०८२
☰
Logo बुधबार, असोज २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ५. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ६. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ७. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ८. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ९. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • १०. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

चितवनको विकास योजनासहित एमाले र कांग्रेस नेताद्वारा प्रधानमन्त्री ओली समक्ष भेट (हेरौं २३ बुँदे योजना)

चितवन, चैत २९ –
चितवनका विकास योजनाहरु लिएर नेकपा एमाले र नेपाली कांग्रेसका जिल्ला नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष भेट गरेका छन् । बिहीबार साँझ भएको भेटमा उनीहरुले चितवनका तत्कालिन र दीर्घकालिन विभिन्न योजनालाई निरन्तरता दिन र नयाँ योजनामा बजेट विनियोजन गर्न प्रधानमन्त्री ओली समक्ष आग्रह गरेका हुन् ।

तत्कालिन, दीर्घकालिन र चालु योजनाहरुको २३ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई एमाले चितवनका अध्यक्ष कमल पाठक र नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले हस्तान्तरण गरे ।

एमाले चितवनका अध्यक्ष कमल पाठकले प्रधानमन्त्री ओली आफूहरुले पेश गरेका मागहरुमा सकारात्मक रहेको बताए । उनले भने, ‘ प्रधानमन्त्री ओलीले हामीले बझाएको माग कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने बताउनु भएको छ ।’

हेरौं, २३ बुँदे माग जस्ताको तस्तै :

सम्माननीय प्रधानमन्त्री ज्यू
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबार काठमाण्डौं।

विषयः आ. व २०८२/८३ को बजेटमा योजना समावेश गरी बजेट विनियोजन गरिदिनु हुन ।

उपरोक्त सम्बन्धमा बदलिदो राजनीतिक परिवेशमा सुशासन, समृद्धि, शान्ति, विकासको सुनिश्चितता गर्दै आम जनताका भावनाहरूलाई संबिधान संसोधनका माध्यमबाट सम्बोधन गर्ने संकल्प सहित सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीको नेतृत्वमा नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्त सरकार निर्माण गरे यता जनतामा आशा पलाएको छ । आर्थिक सुचांकहरू सकारात्मक दिशा तर्फ अगाडी बढ़ेको छ, विकास निर्माणले गति लिएको छ । मुख्य दुई दल ने.क.पा एमाले र नेपाली कांग्रेस बीच केन्द्र बनेको दुई दलिय राजनीतिक संयन्त्रलाई चितवन जिल्लामा पनि निर्माण गरी कामलाई अगाडी बढाएका छौं। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट जनमुखी हुनेछ र सबै क्षेत्रमा समानुपातिक विकासको अवधारणा अनुकूल हुने छ भन्नेमा हामी आशावादी छौ। आगामी बजेटमा चितवनका निम्न दीर्घकालिन र तत्कालिन रुपमा गर्न पर्ने विकास आयोजनाहरूमा पर्याप्त बजेट विनियोजन गरी दिनु हुनका लागि हार्दिक अनुरोध गर्दछौं।

१) तत्काल गर्न पर्ने र निरन्तरता दिनु पर्ने योजनाहरूः
१. नारायणी, राप्ति र रीऊ तटबन्धनका लागि पर्याप्त बजेट विनियोजन गर्नु पर्ने;
२. भरतपुर बिमानस्थल विस्तारको लागि भएको योजनालाई पूर्णता हुने गरी र रात्रिकालिन सेवा विस्तारका लागि आवश्यक पूर्वाधार पूरा गर्न पर्याप्त बजेट विनियोजन गर्नु पर्ने,
३. भरतपुर महानगरपालिका र कालिका नगरपालिकाको चक्रपथको लागि पर्याप्त बजेट विनियोजन गर्न पर्नेः
४. चितवन जिल्ला स्तरीय चक्रपथको विस्तृत संभावना अध्ययन गरी बजेट बिनियोजन गर्न,
५. भरतपुर देखी भण्डारा सम्मको उत्तराखण्डको सडक सम्पन्न गर्न बजेट बिनियोजन गर्न;
६. ठोरी देखी माडी, धुर्बघाट, घोसर घाट, नारायणी नदी हुँदै नवलपरासी तर्फ जाने तराई मदेश हुलाकी सडकलाई पर्याप्त बजेट राखी अगाडी बढाउनु पर्नेः
७. भण्डारा, मलेखु चेपाङ मार्ग स्तरउन्नति तथा कार्यसम्पन्न गर्न बजेट विनियोजन गर्नु पर्ने,
८. माडी स्थित धार्मिक एवं पर्यटकिय क्षेत्रहरू अयोद्धा धाम, सोमेश्वर गढि, गोद्दक, वाल्मीकि आश्रम लगायतका क्षेत्रहरुको संरक्षण र सम्बर्धन गर्नका लागि माडी पर्यटन विकास बोर्ड गठन गरी पर्याप्त बजेट विनियोजन गरिदिनु हुनः
९. नेपालको मध्यभागमा अवस्थित पवित्र तीर्थ स्थल आदि प्रयाग देवघाट धामलाई व्यवस्थित गराउन तीर्थका पूर्वाधार निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्न,
१०. कृषि उपज विशेषगरी दूध, केरा, मह, कुखुराको अण्डा र मासु, माछा, तरकारी, सुन्तला आदि उत्पादनमा देशकै महत्वपूर्ण हिस्सा ओघट्ने भएकाले ती वस्तुहरूको उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणको लागि पर्याप्त बजेट विनियोजन हुन र जोन सुपर जोन क्षेत्रहरू घोषणा गर्नु पर्नेः
११. भोर्ले–दाहाखानी–उप्रदाङगड़ी सडक निर्माणको लागि पर्याप्त बजेट विनियोजन गर्नु पर्ने;
१२. शक्तिखोर औधागिक क्षेत्र पूर्वाधारको काम सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गरी संचालन गर्नु पर्नेः
१३. विरेन्द्रनगर–किरणटार हुँदै ठकुरी भन्ज्याङ जाने सडक पूरा गर्न बजेट बिनियोजन गर्नु पर्ने।
१४. चितवन राष्ट्रिय निकुंजमा वर्षीदेखी बाँकी रहेको माडी बनकट्टा देखी जगतपुर सम्मको सुविधाप्राप्त बाटोलाई पक्की निर्माण गर्न बजेट बिनियोजन गर्नु पर्नेः
१५. लोथरबाट सौराहा हुँदै गोलाघाटसम्मको लोथर र राप्ति नदीलाई तटबन्धन सहितको पर्यटकिय सडक निर्माण गर्न आवश्यक बजेट बिनियोजन गर्नु पर्नेः

२) दीर्घकालिन योजनाहरूः
१. सप्तगंडकी बहुउद्देशिय परियोजनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गर्नु पर्ने।
२. त्रिशूलि–हुग्दी–शक्तिखोर बहुउद्धेश्यीय योजना विस्तृत अध्ययन गरी कार्यान्वयन गर्नु पर्ने।
३. नारायणगढ मुग्लिन सडकको वैकल्पिक मार्गको विस्तृत अध्ययन
गरी कार्यान्वयन गर्नु पर्ने।
४. भारत र चीन जोडिने छोटो बाटो केरुङ–मलेखु–भरतपुर–माडी–ठोरी लोकमार्ग निर्माण गर्न विस्तृत अध्ययन गरी कार्यान्वयन गर्नु पर्ने।
५. भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा स्थापना गरी MBBS, MD को पढ़ाई सुरुवात गर्न आवश्यक बजेट तर्जुमा गर्न ।
६. वि.पी कोईराला मेमोरियल क्यान्सर अस्पताललाई क्यान्सर अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्न बजेट विनियोजन गर्नु पर्ने ।
७. माडी सोमेश्वर गढ़ी लिच्छाविकालिन समयको भारतसंगको व्यापारको नाका थियो। हाल वागमती प्रदेश भित्र भारतसंग जोडिने भन्सार नाका नभएकाले चितवनको माडी बसन्तपुर बजारबाट सीधा भारतसंग व्यापारिक नाका कायम गर्ने आवश्यक पूर्वाधारसहित भन्सार नाकाको रुपमा विकास गर्न नीतिगत व्यवस्था र बजेटको विनियोजन गर्नु पर्ने।
८. नेपालमै रोजगारी दिन सकिने गरी दक्ष जनशक्ति तयार गर्न चितवनमा बहुप्राविधिक शिक्षालय एवम् नवप्रवर्तनका लागि चितवन आविस्कार केन्द्र स्थापना गर्न आवश्यक पहल गर्ने र बजेट विनियोजन गर्नु पर्ने।

कमलराज पाठक राजेश्वर खनाल
अध्यक्षः ने.क.पा एमाले, चितवन सभापतिः नेपाली कांग्रेस, चितवन

Chitwan Aaja चितवन आज
शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल
रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते
राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटर्वार्ता

ताजा समाचार

सबै

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटर्वार्ता

५० रुपैयाँका ४२ करोड थान नोट छाप्दै राष्ट्र बैंक

ठूलो विध्वंश हुन्छ भन्ने जानकारी थियो, तर रोक्न सकिएन: ओली

हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: एमाले महासचिव

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, घट्यो चाँदी

प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव

कार्यक्रम सञ्चालनपूर्व स्थानीय तहको स्वीकृति लिन आग्रह

अमेरिकी पासपोर्ट टप–१० सूचीबाट बाहिरियो, नेपालको के छ अवस्था ?

पूर्वसभामुख महराको थुनछेक बहस आजदेखि

बझाङमा भूकम्पको धक्का महसुस

आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

शेरबहादुर देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ५.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ६.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech