चितवन, चैत २३-
लियो क्लब अफ रत्ननगर मिड नेपालको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न भएको साधारण सभाबाट अन्जन खनालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
क्लबको प्रथम उपाध्यक्षमा अमन खनाल, द्वितीय उपाध्यक्षमा सुरेश तिमल्सिना, तृतीय उपाध्यक्षमा कञ्चन भट्ट, सचिवमा सदि शर्मा, कार्यालय सचिवमा पर्वत अंगाई, सहसचिवमा दिपक थारु, कोषाध्यक्षमा रिचा अधिकारी, सह–कोषाध्यक्षमा धरमेन्द्र राम चयन भएका छन् ।
त्यस्तै टेल टिवस्टरमा कंचन पौडेल र टेमरमा चिरन ढुंगाना चयन भएका छन् ।