चितवन, चैत १३-
भरतपुरको बाल्मीकि शिक्षा सदनको स्कुल बसले ठक्कर दिँदा स्कुटर चालक घाइते भएकी छन् ।
बाल्मीकिको नम्बर प्लेट नभएको ‘अन टेस्ट’ बसले मंगलवार दिउँसो ३ बजे भरतपुर–१५ गुम्बा चोकमा बा प्र०३–००३ प ५०८२ नम्बरको स्कुटरलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय फुलबारीले जानकारी दिएको छ ।
बसको ठक्करबाट स्कुटर चालक भरतपुर–१५ गोपालगंज बस्ने वर्ष ५२ की हिमा कुवर मध्यम घाइते भएकी छन् । उनको नेशनल सिटी अस्पतलमा उपचार भइरहेको छ ।
नम्बर प्लेट नराखी कुनै पनि बसले यात्रु बोक्न पाउँदैन । तर, बाल्मीकिको स्कुल बस भने ट्राफिक नियम उल्लघंन गर्दै सञ्चालन भएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार