Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, असोज ३०, २०८२
☰
Logo बिहिबार, असोज ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ७. जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

  • ८. शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई प्याब्सन र हिसानको सहयोग

  • ९. ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • १०. शनिबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशनः अध्यक्षमा नेत्रप्रसाद शर्मा

चितवन, २४ फागुन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशनले नेत्रप्रसाद शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आज भरतपुरमा सम्पन्न अधिवेशनले २४ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा काशिनाथ शर्मा र देवेन्द्र पौडेल, सचिवमा गोकर्ण कार्की, उपसचिवमा जयनारायण शर्मा र प्रेम क्षेत्री र कोषाध्यक्षमा लक्ष्मी क्षेत्री रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा तिलक अधिकारी, एकनारायण पौडेल, कृष्ण भुषाल, धनबहादुर हमाल, केशव शर्मा लामिछाने, रुद्रप्रसाद शर्मा, शेषकान्त शर्मा, नारायण पौडेल, माधवप्रसाद शर्मा, हिमलाल भुषाल, लिलावल्लभ भुषाल, खिमप्रसाद शर्मा, नेत्रप्रसाद शर्मा, खिलप्रसाद शर्मा पौडेल, नेत्र लामिछाने, देवी बस्याल र भगवती पौडेल रहनु भएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री, नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्वत जिल्ला इञ्चार्ज माननीय पदम गिरीले एमालेका बिरुद्धमा विभिन्न भ्रमहरु छरेर नियोजित र संगठित रुपमा बदनाम गराउने काम भैरहेको बताउनुभयो । नेता गिरीले एमाले राष्ट्रिय राजनीतिको मूल नेतृत्वको केन्द्र भागमा रहेकोले देशी बिदेशी शक्तिहरु एमालेलाई कमजोर बनाउन लागिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “एमाले र त्यसका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई निशाना बनाएर बदनाम गर्ने, चरित्र हत्या गर्ने जस्ता कामहरु हुँदै आएका छन्, एमालेलाई कमजोर नबनाई देशलाई कमजोर बनाउन सकिँदैन भनेर यस्ता गिरोहहरु लागेका छन् ।” चारैतिरबाट एमालेमाथि आक्रमण हुँदा एमालेका नेता कार्यकर्ताले जमेर प्रतिवाद गरेको नदेखिएको उहाँको भनाई थियो । उहाँले अगाडि थप्नुभयो “जसले आफ्नो सम्पत्ति पनि राष्ट्रियकरण गर्ने घोषणा गरेको छ, उसैले भ्रष्टाचार ग¥यो भनेर भ्रम फैल्याउने काम भएको छ ।” भ्रमहरु धेरैदिन नटिक्ने भन्दै उहाँले भन्नुभयो “भ्रमहरु अस्थायी हुन्, यी आफै हराएर जान्छन् ।” एमाले नेपालको बलियो राष्ट्रवादी शक्ति भएकै कारण देशभित्र र बाहिरका शक्तिकेन्द्र एमालेका विरुद्धमा रहेको उहाँले बताउनुभयो ।

एमालेले विकास र सम्मृद्धिको नेतृत्व लिएको दावी गर्दै एमाले सरकारमा आएपछि मात्रै विकास निर्माणका कामले गति लिन थालेको सांसद गिरीले बताउनुभयो । नारायणगढ–बुटबल सडकखण्ड, भरतपुरमा ६ लेन सडक, पोखरा–मुग्लिन सडकखण्ड, मुग्लिन–नागढुंगा सडक, हरेक पालिकामा आधारभूत अस्पताल निर्माणले ओली सरकार बनेपछि मात्रै गति लिन थालेको उहाँको भनाइ छ ।

यसअघि, माओवादी नेतृत्वको प्रचण्ड सरकार आफूले ठेक्का लगाएको विकास निर्माणका कामकोसमेत भुक्तानी दिन नसक्ने हालतमा पुगेको स्मरण गराउँदै सांसद गिरीले अघिल्लो सरकारले सिर्जना गरेको दायित्व अहिलेको सरकारले पूरा गरेको बताउनुभयो । बिग्रिएको अर्थतन्त्रलाई ट्याकमा ल्याउन अहिलेको सरकारले निरन्तर प्रयास गरिरहेको भन्दै उहाँले देशमा केही हुँदैन÷भएन भन्ने भाष्य गलत भएको बताउनुभयो । २०८४ सालको निर्वाचनमा पहिलो राजनीतिक शक्ति भन्ने लक्ष्यका साथ उच्च मनोबल बनाएर पार्टी र सरकारका बिरुद्ध गरिएको भ्रम चिरेर जनताकोमा जान सांसद गिरीले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपालका अप्ठ्यारा दिन अब १० वर्ष मात्रै रहने भन्दै नेता गिरीले भन्नुभयो “अहिले पूर्वाधारमा लगानी भईरहेको छ, पूर्वाधारपछि सिंगो राष्ट्रको काम उत्पादनमा जोडिने छ ।” आफूहरुसँग भएको सीप र पूँजी प्रयोग गरेर उत्पादनमा जोडिन उहाँले कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।

प्रगतिका लागि व्यक्ति बसाई सराई गर्ने भन्दै उहाँले जहाँ गएपछि विचार सँगसैगै जाने बताउनुभयो । चितवनमा बसोबास गर्ने पर्वतेलीहरुलाई सम्बोधन गर्दै उहाँले अगाडि भन्नुभयो “तपाईहरुको श्रम र पसिनाको जगमा अहिलेको पर्वतको राजनीति चलिरहेको छ । तपाईहरुले दिएकै जिम्मेवारी हामीले बोकिहेका छौं ।” आफ्नो थाकथलोलाई नबिर्सन समेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य एवं चितवन इञ्चार्ज देवी ज्ञवालीले बसाईसराईलाई भयावह रुपमा हेर्न नहुने बताउनुभयो । बसाईसराई परापूर्व कालदेखि हुँदै आएको बताउँदै उहाँले भन्नुभयो “बाबु हुर्केको ठाउँमा म बसिन, म बसेको ठाउँमा मेरो छोरा बस्दैन ।” आर्थिक र सामाजिक प्रगतिका लागि मानिस बसाई सराई गरिरहने भन्दै उहाँले अहिले युरोपियनहरु दुबई लगायतका खाडी मुलुकमा काम गर्न आईरहेको उदाहरण प्रस्तुत गर्नुभयो ।

विगतमा अवसर खोज्दै चितवन झरेकाहरु अब अवसरका लागि पहाड फर्किने अवस्था आउँदै गरेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अब व्यवसायिक कृषि गर्न सस्तो जमिन पहाडमा पाईन्छ, उहाँ बाँझो जमिन पनि छ त्यसलाई उपयोग गर्नुपर्छ ।” संकटबाट अवसर सिर्जना गर्नुपर्ने भन्दै उहाँले पर्वत चेतना र भौतिक पूर्वाधारका हिसाबले धेरै अगाडि बढेको बताउनुभयो ।

एमाले चितवनका अध्यक्ष कमल पाठकले मिसान ०८४ को लक्ष्य पूरा गर्न जहाँ भएपनि पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभयो । पर्वत–चितवन सम्पर्क समाजमा एमाले मात्रै नभएर अरु पार्टीकालाई पनि कुरा बुझाएर भित्र्याउनु पर्ने उहाँको सुझाव थियो ।

एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले “जहाँ शुभचिन्तक त्यहाँ पार्टी” भन्ने अभियानका साथ काठमाण्डौं, पोखरा, चितवन, नवलपरासी, बुटवल जस्ता शहरमा एमाले पर्वत जोडिंदै गएको बताउनुभयो । पर्वत र चितवनलाई सामाजिक, आर्थिक र बौद्धिक रुपमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने भन्दै उहाँले पर्वतलाई चाहिने दक्ष जनशक्ति चितवनले दिन सक्नु पर्ने बताउनुभयो ।

एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा शिक्षाविद् रमाकान्त सापकोटाले बि.सं. २०१८ सालमा पर्वत जिल्ला बनेको भन्दै पर्वतकै कृष्णबम मल्लको अवधारणामा चितवन बनेको इतिहास कोट्याउनुभयो । एमाले गण्डकी प्रदेश सचिवालय सदस्य शान्त पौडेलले निर्वाचनमा एमालेलाई भोट हाल्दिन भन्ने एमाले हुन नसक्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभासद् हरि सापकोटा, टिकाराम भुषाल, एमाले गण्डकी प्रदेश सदस्य लालबहादुर अधिकारी, एमाले पर्वतका उपाध्यक्ष विमल लामिछाने, महाशिला गाउँपालिका अध्यक्ष ईश्वरी प्रसाद भुषाल लगायतले बोल्नु भएको थियो । पर्वत–चितवन सम्पर्क समाज तदर्थ समितिका संयोजक नेत्र पौडेलको अध्यक्षतामा उद्घाटन समारोह भएको हो ।

कार्यक्रममा एमालेका केन्द्र, प्रदेश तथा चितवन र पर्वत जिल्ला कमिटीका विभिन्न पदमा रहनु भएका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

Chitwan Aaja चितवन आज
शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मलामी गएका युवा नारायणी नदीमा बेपत्ता
एमाले केन्द्रीय कमिटी बैठक: १४७ जना केन्द्रीय सदस्यको सुझाव
एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

ताजा समाचार

सबै

मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

एमाले केन्द्रीय कमिटी बैठक: १४७ जना केन्द्रीय सदस्यको सुझाव

एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

खोलामा डुबेर तीन बालिकाको मृत्यु

जाडो छल्न हिमालपारिबाट चितवन आउन थाले चरा

बाँसका भाँडाकुँडा बनाउने डोमजातिलाई भ्याइनभ्याई

चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाको माग

जेनजीका माग पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको सञ्चारमन्त्री खरेलको दाबी

फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

प्रधानमन्त्रीको निष्कर्ष- निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्नुपर्ने देखियो

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

फरार १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech