चितवन फागुन २४
चितवनको सौराहामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
गोविन्दे नामको जंगली हात्तीले आक्रमण गर्दा खैरहनी वडा नं-९ घर भई रत्ननगर वडा नं-७ स्थित ससुरालीको घरमा बस्दै आएका ३५ वर्षीय सुरेश महतोको ज्यान गएको हो ।
खेतमा तरकारी टिप्दै गरेको अवस्थामा बाघमारा वनबाट बस्ती प्रवेश गरेको हात्तीले महतोलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
महतोको घटनास्थलमै ज्यान गएको हो । घटना शुक्रबार साँझ भएको र मृतकको शव शनिबार दिउँसो मात्र भेटिएको हो ।