Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

  • १०. छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

निःशुल्क भोजन, बास र शिक्षाको व्यवस्थासहित परोपकारमा रमाउँदै देवघाटको गलेश्वर आश्रम

चितवन, फागुन १५-

पवित्र तीर्थस्थल देवघाटस्थित गलेश्वर आश्रममा गत माघको औँसीका दिन दुई हजार पाँच सयभन्दा बढीले मानिसले निःशुल्क भोजन गरे । यसैगरी माघे सङ्क्रान्तिको दिन पनि त्यत्तिकैको सङ्ख्याका भक्तजन एवं सर्वसाधारणलाई भोजन गराएको अभिलेख आश्रमसँग छ ।

त्यसो त दैनिक तीन सयबढीले यहाँ निःशुल्क भोजन गर्ने गर्दछन् । आश्रम पुग्ने जो कोही भोकै फर्किनु पर्दैन । बिहान १० बजेबाट दिउँसो १२ बजेसम्म र साँझ पाँच बजेबाट सात बजेसम्म यहाँ निःशुल्क भोजन गर्न पाइन्छ ।

सो आश्रममा एक सय ५५ वटा छुट्टाछुट्टै कुटी छन् भने साधक भवनमा ५५ वटा कुटीजस्तै कोठा छन् । हरेक कुटीमा खाना पकाउने भान्सा, सुत्ने कोठा र सँगै शौचालय बनाइएको छ । आश्रमका सञ्चालक महेन्द्रराज प्याकुरेलका अनुसार भक्तजन धेरै भएका बेला कुटी, धर्मशाला र सभाहलसमेतमा सुत्ने व्यवस्था गरिन्छ । उहाँले भन्नुभयो “एक हजार जनासम्मलाई निःशुल्क रूपमा सुत्ने व्यवस्था गर्न सक्छौँ ।”

कुटीमा ५० वर्षमाथिका ज्येष्ठ नागरिकहरु बस्दै आउनुभएको छ । एउटा कुटीमा श्रीमान्–श्रीमती भए दुई जना र नभए एक जना मात्र बस्ने व्यवस्था मिलाएको छ । सञ्चालक प्याकुरेलका अनुसार देशभरबाट यहाँ आउने भक्तजन आश्रमको कुटीमा बस्नु हुन्छ । उहाँहरुको शेषपछि कुटीको माग गरेकालाई पालोअनुसार दिने गरिएको छ । कुटीमा बसेको कुनै शुल्क लाग्दैन । आफँै पकाएर खान सक्नेले आफैँ खान्छन् भने नसक्नेको हकमा सामूहिक भान्सा ९भण्डारा०मा गई निःशुल्क खाने प्रबन्ध मिलाइएको आश्रमले जनाएको छ ।

बाहिरबाट आएर थप कुटी बनाएर बस्न चाहनेका लागि निर्माण खर्च लिन थालिएको छ । हक हस्तान्तरण नहुने गरी कुटी बनाउन पाइने व्यवस्था भएअनुसार जम्मा दुई वटा बनाइएको छ ।

सो आश्रमअन्तर्गत वेदवेदाङ्ग संस्कृत विद्यापिठ सञ्चालित छ । देवघाटस्थित सो विद्यापिठमा कक्षा ६ देखि शास्त्री (स्नातक) तहसम्मको पढाइ हुनेगरेको छ । त्यहाँ अहिले दुई सय ३५ विद्यार्थी निःशुल्क रूपमा अध्ययन गरिरहेका छन् । यसैगरी आश्रमले देवघाटकै चितवनतर्फ ७५ जना क्षमताको ज्येष्ठ नागरिक विश्रान्ति कक्षसमेत सञ्चालन गर्दै आएको छ । न्यूनतम रकम लिएर यो आश्रम सञ्चालन गरिएको छ । वृद्धवृद्धालाई हीनताबोध नहोस् भन्नका लागि वार्षिक रु ४४ हजारदेखि रु ५० हजारसम्म शुल्क लिएर यो आश्रम सञ्चालन गरिएको सञ्चालक प्याकुरेलले जानकारी दिनुभयो ।

आश्रम सञ्चालनका लागि सालाखाला मासिक रु २० लाख खर्च हुने गर्दछ । यो रकम दाताको सहयोग र अक्षयकोषको व्याजबाट सञ्चालन हुनेगरेको छ । पितृको नाममा वार्षिक तर्पण तथा पिण्ड दान एवं जन्मदिनमा शिवपूजन, रुद्राभिषेक, हवन गर्दा भक्तजन एवं दाताबाट प्राप्त हुने रकम अक्षयकोषमा राख्ने गरिएको छ । अहिलेसम्म चार हजार दुई सय जनाले अक्षयकोषमा रकम जम्मा गरेको आश्रमले बताएको छ ।

विसं २०५३ सालमा खडा गरिएको अक्षयकोषमा रकम जम्मा हुनेक्रम जारी छ । अहिले गलेश्वर आश्रममा भण्डारा, विश्रान्ती आश्रम र विद्यालयमा गरी ४३ जनाले सेवा दिँदै आएका छन् ।

महामण्डलेश्वर स्वामी आत्मनन्द गिरीको संरक्षकत्वमा आश्रम सञ्चालन हुँदै आएको छ । विसं १९८० सालमा तपश्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रम्हचारी (गलेश्वर बाबा)ले आफ्नो साधनास्थलको रूपमा कालिगण्डकीलाई पछ्याउने क्रममा म्याग्दीबाट चितवनको देवघाट आएर कुटी निर्माण गरी आश्रमको सुरुवात गर्नुभएको हो ।

सो आश्रमका सचिव भोजराज पौडेलका अनुसार आश्रमअन्तर्गत करोडौँका संरचना निर्माण गरिएको र स्रोतसाधनले भ्याएसम्म आवश्यकताअनुसार संरचना निर्माणकार्यलाई निरन्तरता दिइने छ । आश्रम परिसरमा रु नौ करोडको लागतमा सिद्देश्वर महादेवको मन्दिर निर्माण गरिएको छ भने विद्यापिठ भवन रु १२ करोड बढी खर्च गरी बनाइएको छ ।

सचिव पौडेलका अनुसार रु ५० करोडभन्दा बढीका संरचना आश्रम परिसरमा दाता र सरकारी निकायको सहयोगमा बनेका छन् । बेणीदेखि गलेश्वर चोकसम्म नेपाली ढुङ्गा छापेर धार्मिक पर्यटकीयमार्ग बनाउन सरकारी निकायसहित विदेशी दुतावाससँग पहल भइरहेको आश्रमले जनाएको छ ।

पवित्र तीर्थस्थल देवघाटमा रही निश्वार्थ ढङ्गले मानव सेवामा समर्पित हुन पाएकोमा गर्व गर्दै गलेश्वर आश्रमका सञ्चालक महेन्द्रराज प्याकुरेलले भन्नुभयो, “भगवानको कृपा, साधुसन्त–माहात्मको आर्शीवाद, साहुमहाजन एवं चन्दादाताको अविस्मरणीय सहयोग, तमाम् भक्तजन, स्थानीय जनता र आमसर्वसाधारणको विश्वास र मायाका कारण अहिलेसम्म आश्रममा आए जतिलाई निःशुल्क भोजनसहित वृद्धवृद्धालाई कुटी र बालबालिकालाई स्नातक तहसम्मको शिक्षा दिन सकिएको हो । सेवा नै परमोधर्म हो भन्ने मान्यतालाई आत्मसाथ गरी समाजका असहाय, दीनदुखी, वृद्धवृद्धाको सहयोगमा समर्पित आश्रमलाई मन, वचन, कर्मले सहयोग गर्न सबैसँग अनुरोध गर्दछु ।” रासस

 

Chitwan Aaja चितवन आज
बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक
पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर
प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

ताजा समाचार

सबै

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.