चितवन,फागुन ३-
माधव सापकोटा
भरतपुर–४,हरिकीर्तनचोक,लंकुस्थित हरिकीर्तन धार्मिक संस्था(लक्ष्मीवेङ्कटेश मन्दिर)मा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा भक्तजनहरूको सहभागितामा वृद्धि हुँदै गइरहेको छ।
आज मात्रै २५ लाख रकम संकलन भएको र अहिलेसम्म नगद तथा बोलकबोल गरी ८५ लाख भन्दा बढी रकम संकलन भएको आर्थिक संयोजक भानुभक्त कंडेलले बताउनुभएको छ ।
शालग्रामाचार्य गुरु आश्रम नाग्लिवाङ्गका नारायणाचार्य / टीकाराम गुरुको प्रधान आचार्यत्वमा जारी महायज्ञमा लोकप्रिय कथावाचक स्वामी डा. चक्रपाणि आचार्यले दैनिकरूपमा श्रीमद्भागवत प्रवचन गरिरहनुभएको छ ।
कार्यक्रमअन्तर्गत फागुन ५ गते कमलनयनाचार्य (मुक्तिनाथ बाबा)बाट एकवर्षीय अखण्ड श्री हरिनाम संकीर्तन स्मारकको उद्घाटन,संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य (महन्त )मा पट्टाभिषेक, नारायणाचार्य/ टीकाराम गुरुबाट अतिथि गृहको उद्घाटन र ९ गते करोड दीप प्रज्वलनको कार्यक्रम रहेको छ।