गोरखा, माघ ३० –
लियो जिल्ला परिषद् ३२५ आर नेपालले गोरखाको बारपाक र लाप्राकमा लियो आध्यात्म आत्मियता युवा शिविर सम्पन्न गरेको छ ।
माघ २५ गते मुग्लिनमा कार्यक्रमको उद्घाटन गरिएको थियो भने माघ २६ गते बिहान योग ध्यान गरी धार्चे गाउँपालिका वडा नम्बर ४ मा रहेको मणिगाम देवी माध्यमिक विद्यालयमा अध्ययनरत २०० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
लियो जिल्ला परिषद् ३२५ बी २ का पूर्व अध्यक्ष तथा लायन्स क्लब अफ नारायणगढ दियालोका अध्यक्ष असिम हमाल प्रमुख अतिथि रहेको कार्यक्रम लियो जिल्ला परिषद् ३२५ आर नेपालका जिल्ला अध्यक्ष ललन कुमार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
लियो जिल्ला परिषद्का उपाध्यक्ष एवम् युवा शिविरका संयोजक विज्ञान पौडेलले यस पटक केही फरक कार्यक्रम गरिएको बताए । युवाहरुलाई सेवा र अध्यात्मप्रति आकर्षित गर्ने उद्देश्यले कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रमलाई महालक्ष्मी विकास बैंक, सेन्ट्रल कलेज, इजी पे, थर्ड रक एडभेन्चर, डेक्कर कस्मेटिक, अनिश सुनचाँदी, लायन्स क्लब अफ नारायणगढ बलकुमारी, लायन्स क्लब अफ नारायणगढ दियालो, लायन्स क्लब अफ भरतपुर र लायन्स क्लब अफ काठमाडौं उमा अपोलोले सहयोग गरेका थिए ।