काठमाडाैं, माघ १९ –
दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुई वटा डुङ्गा डुब्दा तीन जना बेपत्ता भएका छन् ।
योनहाप समाचार एजेन्सीका अनुसार हालसम्म चालक दलका १२ सदस्यलाई उद्धार गरिएको छ ।
स्थानीय समयअनुसार बिहान ९ः२५ बजे चालक दलका सदस्य सहितको ३२ टन तथा २९ टन वजनको डुङ्गा टापु जेजुमा डुबेको हो ।
उद्धार गरिएका मध्ये एकलाई हृदय घात भएको अवस्थामा अस्पताल लगिएको र प्राथमिक उपचार गरिएको थियो ।
बाँकी तीन जना चालक दलका सदस्यहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार