चितवन, माघ १७-
भरतपुरमा रहेको अर्विट स्कुलले १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कुलले वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु समेत गरेको थियो । वार्षिकोत्सव अर्विट स्कुलको सञ्चालक समितिका अध्यक्ष दीपेन्द्रराज ढकालको अध्यक्षतामा भएको थियो ।
त्यस्तै, प्रमुख अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष युद्धप्रसाद श्रेष्ठ रहेका थिए भने स्कुलका प्लस टु तर्फका अर्डिनेटर डेविप्रसाद बन्जाराले कार्यक्रम सन्चालन गरेका थिए । स्वागत मन्तव्य स्कुल इन्चार्ज नारायण गौतमलेराखेका थिए ।
कार्यक्रममा नृत्य, ड्रामा, विद्यार्थी पुरस्कर, शिक्षक/कर्मचारीलाई सम्मान र स्मारिका विमोचन पनि गरिएको थियो ।