Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, माघ ०६, २०८२
☰
Logo मङ्गलबार, माघ ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ८. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ९. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • १०. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

निजी हात्तीः पहिले रहर अहिले कहर

चितवन, १४ माघः 
सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका छन् । बढ्दो चिसोमा ती हात्ती खुला आकाशमुनि बाँधिएका छन् ।

निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आएको भन्दै ती हात्तीलाई वन क्षेत्रमा राखिएको हो । होटलमा हात्ती राख्नका लागि छानो हालिएको भए पनि अहिले राखिएका ठाउँमा त्यो सुबिधा छैन । होटल भिष्टा चितवनका सञ्चालक रमेश सिलवाल शीतलहरमा खुला आकाशमुनि हात्ती राख्नुपर्दा बिरामी हुने चिन्ता बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले पहिले हात्ती पाल्न रहर हुन्थ्यो, अहिले कहर भएको छ ।” उहाँले थप्नुभयो, “पालिएका हात्ती न आफ्नै हात्ती सारमा राख्न पाइएको छ, न बिक्री गर्न पाइन्छ, न कतै पठाउन सकिन्छ ।” पशुअधिकार भन्दै पर्यटकलाई घुमाउँदा समेत आरोप खेप्नुपरेको उहाँको गुनासो छ ।

एउटा हात्तीलाई दुईजना माउते आबश्यक पर्दछ । यसका अतिरिक्त हात्तीलाई धान, पराल, भेली, चना, हरियो घाँस आदि जुटाएर पाल्नुपर्दा एक महिनामा रु एक लाखभन्दा बढी खर्च हुने उहाँले जानकारी दिनुभयो । यो मौसममा जङ्गली भाले हात्ती बस्ती पस्न थालेपछि स्थानीयले एकीकृत रुपमा हात्ती पाल्न दबाब दिँदै आएका छन् । जङ्गली हात्तीले होटल तथा व्यक्तिका घरमा मालिएका पोथी हात्ती खोज्दै बस्ती पस्ने गरेको स्थानीयको भनाइ छ । केही महिनाअघि देखि जङ्गली हात्ती ‘मकुना’ वस्ती छिर्दै आएको छ । पछिल्ला दिनमा निजी हात्ती सञ्चालकहरुमा आफूले पालेका हात्ती कसरी व्यवस्थित गर्ने भन्ने चिन्ता बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएसँगै निकुञ्ज आसपासका क्षेत्रमा हात्ती पाल्न थालिएका हुन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराई एकीकृत रुपमा हात्ती पाल्नका लागि सरकारी तवरबाट सहयोग हुनुपर्ने बताउनुहुन्छ । यो समस्या अहिलेको मात्र नभएर विगतका वर्षहरुदेखि झेल्दै  आएको उहाँको भनाइ छ । पूर्वअध्यक्ष भट्टराईका अनुसार हात्तीको दैनिक आहार खर्च अत्यधिक बढेको, निकुञ्ज आउने पर्यटकको सङ्ख्या घटेको, पशुअधिकारका नाममा हात्ती चढ्नु अपराध हो भन्ने भाष्य सिर्जना गरिएको र जङ्गली हात्तीको आतङ्कका कारण आवश्यक स्याहारसुसारसहित घर कम्पाउन्डमा पाल्न नपाउने भएकाले हात्तीपालकहरुले अहिले अप्ठ्यारो अवस्था झेलिरहनु परेका छ ।

‘जिप सफारी’ सहित हात्ती चढी दुर्लभ एकसिङ्गे गैँडा, बाघ, चराचुरुङ्गीलगायत अनेकौँ जीवजन्तु हेरी रमाउने पर्यटकका कारण चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको बताउनुहुन्छ, क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरी बताउनुहुन्छ ।

यसैगरी, स्थानीय पर्यटन तथा होटल व्यावसायी सिलवालका अनुसार हात्तीपालनमा संलग्न व्यवसायीलाई सहयोगसहित कुनै पनि किसिमको सहुलियत नदिने हो भने यो व्यवसायबाट सबै विस्थापित हुने र त्यसको नकारात्मक प्रभाव निकुञ्ज केन्द्रित होटल व्यवसाय, रोजगारी र राजस्वमा असर पर्ने भएकाले समयमै सम्बन्धित पक्षका ध्यान जान आवश्यक छ ।

स्वदेश तथा विदेशमा समेत कहलिएको यो निकुञ्ज २०३० सालमा स्थापना भएको हो । सुरुका केही वर्ष निकुञ्जका हात्तीले पर्यटक घुमाउने गरेकामा पछिल्ला वर्षहरुमा क्रमशः निजी क्षेत्रबाट पालिएका हात्तीलाई पनि भित्र्याइएको छ । कोभिडको महामारी अघिसम्म एउटा हात्तीको मूल्य भारतीय रु ८० लाखसम्म पर्ने गरेको व्यावसायीहरु बताउँछन् ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले यसरी हात्तीको दैनिक खर्च अत्यधिक हुने गरेको, विशेषगरी विदेशी पर्यटक हात्ती चढ्न छाडेको र यसअघिजस्तो आफ्नो घर कम्पाउन्डमा पाल्न नपाउने अवस्था सिर्जना भएकाले हात्ती पालक व्यवसायी मारमा परेका बताउनुहुन्छ ।  पर्यटकीयस्थल सौराहा आउने पर्यटकको सङ्ख्या कम हुन थालेपछि क्रमशः घट्दै एक सयबाट अहिले यहाँ ४५ वटा मात्र निजी हात्ती रहेको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।  तीमध्ये ३० वटा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाअन्तर्गत रहेका छन् । अध्यक्ष खतिवडाले भन्नुभयो, “निजी जग्गामा राख्दा वरिपरि घर हुन्छ । सामुदायिक वा मध्यवर्ती वन क्षेत्रका खाली ठाउँ पाए हामी एकीकृत गरेर हात्ती राख्न तयार छौँ ।” सधँैका लागि एकीकृत ढङ्गबाट हात्ती राख्ने ठाउँको व्यवस्था भए आबश्यक संरचना व्यवसायी आफैँले बनाउने उहाँले बताउनुभयो ।  हात्ती व्यक्तिको भए पनि कानुनका हिसाबले हात्ती सरकारी सरह नै हुने गर्दछ । हात्तीको किनबेच, ओसारपसार, मरेपछिको व्यवस्थापन लगायतका काममा सरकारको प्रत्यक्ष निगरानी हुने व्यवस्था छ ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष गिरी निजी हात्ती आफ्नो जमिनमा नराख भन्न नसकिने उल्लेख गर्दै एकीकृतस्थल व्यवस्थापनका पक्षमा पहल भइरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बाघमारा र चित्रसेन वनक्षेत्रभित्र हात्ती राख्नका लागि ठाउँ छुट्याई दिनसक्यो भने अहिलेको समस्या समाधान हुन्छ ।” सफारी पर्यटनमा हात्तीको भूमिका महत्वपूर्ण छ । यहाँ आउने पर्यटकले हात्ती चढेर तीनै दुई वनभित्र घुम्ने गर्दछन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्त निजी हात्ती व्यवस्थापनको बिषयमा छलफल भइरहेको बताउनुहुन्छ । एकीकृत रुपमा हात्ती राख्न सकेमा अहिले देखिएको समस्या केही हदसम्म कमी आउने उहाँको भनाइ छ । डा पन्तले सरकारी जमिनमा निजी हात्ती राख्नका लागि नीतिगत रुपमा कानुनी व्यवस्था हुनुपर्ने भएकाले सम्बद्ध क्षेत्रका व्यवसायीको मागबमोजिम समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Chitwan Aaja चितवन आज
सोमबार, माघ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ
सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन
मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

ताजा समाचार

सबै

वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन

मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

देशमा विद्यमान समस्या समाधानका लागि हामीलाई सहयोग गर्नुहोस्ः सभापति लामिछाने

मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा

रुम–ताराखोला सडक स्तरोन्नति सुरु

सुनचाँदीको भाउमा निरन्तर वृद्धि , सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ पुग्यो

प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

निर्वाचन आचारसंहिता लागू : निर्वाचन आउन अब ४५ दिन बाँकी

मधेशमा आज बलिदानी दिवस मनाइँदै

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.