चितवन, माघ ७
गैँडाकोट नगरपालिका वडा नम्वर २ स्थित इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ८ औं वार्षिक स्थापना दिवस सम्पन्न भएको छ ।
स्थापना दिवसको अवसरमा आज मानव सेवा आश्रम भरतपुरमा रहेका लक्ष्मीनारायणहरु र बालगोपालहरुलाई भोजन गराइएको हो ।
२०७३ असार ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०७३/०९/१७ गते वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गरी विधिवत रुपमा मिति २०७३/१०/०७ गतेदेखि संस्थाले कारोबार शुभारम्भ गरेको थियो । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरी कारोवार गरेको वित्तीय संस्थाको चुक्ता पुँजी रु. ४९ करोड ७४ लाख १५ हजार ९४२ रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामाले बताए ।
यस संस्थाले देशभरी नै लघुवित्त सेवा विस्तार गर्ने अठोट लिए अनुसार कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थाहरुमा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी नेपालका सातै प्रदेशका ४८ जिल्लामा कार्यक्रम संचालन गरेको छ ।
वित्तीय संस्थाले हालसम्म विपन्न वर्गका सदस्यहरुलाई सहज रुपमा लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । हालसम्म संस्थाले १०,५०७० सदस्यहरुलाई सेवा दिई विभिन्न उद्देश्यमा ३५६३४ जना ग्राहकहरुमा बाँकी कर्जा रु. ५ अर्व ६५ करोड रहेको छ भने ग्राहक सदस्यहरुको बचत रकम रु.१ अरब ३३ करोड रहेको उनले बताए ।