चितवन, पुष १३ –
नेकपा (एमाले) इच्छाकामना गाउँपालिकाको दोश्रो गाउँ कमिटी अधिवेशन सम्पन्न भएको छ । शुक्रबार साँझ सम्पन्न अधिवेशनले प्रकाश अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा लक्ष्मण चेपाङ, सचिवमा वोध बहादुर गोले, उपसचिवमा शान्ता पाण्डे त्रिपाठी र कृष्ण गुरुङ चयन भएका छन् ।
गाउँ कमिटी अध्यक्ष नर बहादुर नेपालको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, एमाले केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणी अधिकारी, एमाले चितवनका अध्यक्ष कमलराज पाठक, बागमती प्रदेश कमिटी सदस्यहरु प्रकाश खनाल ‘शैलेश’, दिवस पाण्डे, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ, गाउँपालिका उपाध्यक्ष उपाध्यक्ष माया सिलवाल, कालिका नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तामाङ लगायतका जनप्रतिनिधिसहित नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । अधिवेशनको उद्घाटन अघि मुग्लिन बजारमा र्याली निकालिएको थियो ।
उक्त अधिवेशनमा एमालेको मोबाइलमा एप्समा ९४ जनालाई इन्ट्री गराइएको छ । त्यसको सहजीकरण एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्य, अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्य, सह सचिव निश्चल चडरा र वीरेन्द्र बहुमुखी क्याम्पस कमिटी सचिव अर्बिन्द ढुंगानाले गरेका थिए ।