चितवन, पुस १२ –
चितवनको खैरहनी नगरपालिका–१० कठारमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
इन्टरनेशनल बोर्डिङ स्कुलको ना ५ ख ३९८ नम्बरको बसले बिहीवार बिहान साढे ८ बजेको समयमा प्रदेश ३–०३–००१ प ४७९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक कठार बस्ने ५५ वर्षीय बसन्त कुमार चौधरीलाई उपचारको लागि एलाइभ अस्पताल भरतपुर ल्याइएको थियो । उनको उपचारको क्रममा बिहीवार बिहान ९ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बस र बस चालक खैरहनी–५ बस्ने वर्ष ५४ को राजकुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।