माधव सापकोटा
पौष ८, चितवन-
लक्ष्मीवैकुण्ठनाथ मन्दिर, भरतपुर–४, लंकु, धर्मचोक, चितवनमा पौष १ गतेदेखि चलिरहेको धनुर्मासीय श्रीगोदाम्बा महोत्सव २०८१ अन्तर्गत भोलि पौष ९ गतेदेखि दक्षिण भारतस्थित श्रीरङ्गम्मा लामो समय अध्ययन गरेकी युवा विदुषी सुमधुर प्रवचन कलाकी धनी हेटौँडा निवासी न्यौपाने श्रीवैष्णव परिवारमा आविर्भूत भगवद्भक्ति–प्रपत्ति–विरक्तिमा रमाएकी गोदा /आण्डाल रामानुजदासी देवीबाट प्रवचन हुने सङ्गीतमय धनुर्मासीय कथा-प्रवचन कार्यक्रमको तयारी पूरा भएको छ ।
प्रतिदिन साँझ ७ः३० बजेबाट गुरुकुलीय सबै छात्र–अध्यापक एवम् जिज्ञासु मुमुक्षु नर–नारीहरूलाई अति–आवश्यक गोदानुगृहित प्रबन्ध र अन्य आलबार–अनुगृहित सूक्तहरू पनि पढाउने कार्यक्रम रहेको मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यले जानकारी दिनुभयो ।साथै अन्य विशिष्ट विद्वान्-विदुषीहरूबाट पनि यथासमय सदुपदेश मिल्ने आयोजक समितिले जनाएको छ ।
समग्र कार्यक्रममा सहभागी बनी पुण्यलाभ गरी लक्ष्मीवैकुण्ठनाथ भगवान्को दिव्य -मुखोल्लास गराउन मन्दिर संचालक समितिले समस्त वैदिक सनातन धर्मावलम्बी जनहरूलाई आह्वान समेत गरेको छ।