चितवन, पुस ४ –
ईशा हेल्पलाइन केयरगिभर ट्रेनिङ एण्ड रिसर्च सेन्टरको नाममा ठगी गरेको आरोपमा बागलुङ गलकोट नगरपालिका–१ बस्ने २८ वर्षीय प्रदिप सुवेदीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ ।
उनले ईशा हेल्पलाइनको मुख्य कार्यालय काठमाडौंलाई जानकारी नै नगराई भरतपुर–३ स्थित शाखा कार्यालयमा आफुखुसी ईशा हेल्पलाइनको बोर्ड हटाई जिडी मल्टि टेक्निकल कलेज प्रालिको बोर्ड राखी तालिम लिन आउने विद्यार्थीलाई झुक्याउने गरेको आरोप छ ।
त्यस्तै, ईशा हेल्पलाइन र जिडी मल्टि टेक्निकल कलेज एउटै हो भनि झुक्याई विद्यार्थीबाट रकम ठगी गरी ईशाको लेटरप्याड, छाप समेत लगाई कम्पनीमाथि समेत नोक्सान पु¥याएको आरोपमा प्रहरीले सुवेदीलाई पुस २ गते पक्राउ गरेको हो । चितवन जिल्ला अदालतबाट ६ दिनको म्याद लिई थप अनुसन्धान गर्ने काम भइरहेको जिल्ल प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।