काठमाडौं, मंसिर २९ –
कप्तान कुशल मल्लको अर्धशतकप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८० रनको योगफल खडा गरेको हो ।
चितवनका कप्तान कुशल मल्लले सर्वाधिक ७२ रन बनाए । एनपीएलमा कुशलको यो पहिलो अर्धशतक हो । योसँगै कुशल प्रतियोगिताम अर्धशतक बनाउने १९औँ ब्याटर बने ।