चितवन, मंसिर २८ –
नेकपा माओवादी केन्द्र चितवनका जिल्ला कमिटी सदस्य अबिरल पोखरेल नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
उनलाई बिहिबार एमाले पार्टी कार्यालय चितवनमा स्वागत गरिएको हो ।
एमाले पोलिट ब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य यम बहादुर परियार, एमाले चितवनका अध्यक्ष कमलराज पाठक र सचिव प्रकाश ढुंगाना लगायतले संयुक्तरुपमा पोखरेललाई एमालेमा स्वागत गरे ।
माओवादीका जिल्ला स्तरीय नेताहरु एमालेमा प्रवेश गर्ने क्रम चलिरहेको छ । केही दिन अघि मात्र नेकपा माओवादी केन्द्र चितवनका जिल्ला कमिटी सदस्य दिपेन्द्र बास्तोला नेकपा (एमाले) मा प्रवेश गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै वडाका बास्तोला एमाले प्रवेश गर्दा धेरैको ध्यान तानेको थियो ।