भरतपुर, मंसिर २६-
ईनरह्विल क्लव अफ नारायणीको महिला हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न भएको छ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ईनरह्विल क्लव अफ नारायणीले कन्या गार्गी गुरुकुल, देवघाट, चितवनका कन्याहरुका लागि योग, ध्यान तथा सचेतनामूलक कार्यक्रम गराएकाे हाे ।
आजका किशोरीलाई भोलिका लागि मानसिक तथा शारीरिक स्वस्थ कायम राख्ने उद्देश्यले उक्त कार्यक्रम क्लव अध्यक्ष संगीता अर्यालको अध्यक्षतामा र डिष्ट्रिक्ट ३५० का कोषाध्यक्ष एवम् यस क्लवका संस्थापक अध्यक्ष विनिता भट्टराइको प्रमुख आतिथ्यतामा सम्पन्न हो ।
कार्यक्रममा विशिष्ट अतिथि गुरुकुलका संरक्षक तथा संस्थापक सदस्य गोदा सुबेदी र महासचिव राम प्रसाद वस्ती त्यस्तै अतिथिहरु आन्तरिक राजश्व कार्यलयका सुब्बा यज्ञ भट्टराई क्लवका निवर्तमान अध्यक्ष पवित्रा अधिकारी लगायत क्लव सदस्यहरु प्रतिभा खरेल, मीना ढकाल, सिर्जना भुषाल र विष्णु अधिकारीको उपस्थिति रहेको थियो।
आर्ट अफ लिभिङका International certified yoga trainer मदन कट्टेल र यस क्लवका उपाध्यक्ष एवं art of living का international certified yoga trainer अन्जु शर्माले गुरुकुलका कन्याहरुलाइ योग तथा ध्यान प्रशिक्षण गराएकी थिइन् भने प्रमुख अतिथिले महिला हिंसा र यसले पार्ने प्रभावको बारेमा सचेत गराइन् ।
कार्यक्रम क्लवका बोर्ड सदस्य सरिता पाठकको संयोजङ्कतामा भएको थियाे भने उनले आफ्नी दिदी गीता आचार्य र भिनाजु गोविन्द आचार्यका सुपुत्र अनुप आचार्यको शुभजन्मोत्सवको उपलक्षयमा रु ५००० नगद सहयोग गरेकाे क्लवका कोषाध्यक्ष सविता श्रेष्ठले बताइन् ।