काठमाडौं, मंसिर २३ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न फेरि चार दिन म्याद थपिएको छ । कास्की जिल्ला अदालतले आइतबार चार दिन म्याद थप गरेको हो ।
उनीमाथि अनुसन्धान गर्न छैटौँपटक चार दिन म्याद थपिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
उनीमाथि अनुसन्धान गर्न प्रहरीले थप १३ दिनको समय मागेको थियो । तर, अदालतले चार दिन मात्र म्याद थप गरेको हो ।
सहकारी संस्थाको रकम अपचलन, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति गएको कात्तिक २ गतेयता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।