काठमाडौं, मंसिर २३ –
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर चितवनका कप्तान कुशल मल्लले ब्याटिङ रोज्दै सुदूरपश्चिमलाई फिल्डिङको निम्तो दिएका हुन् । ।
प्रतियोगितामा सुदूरपश्चिम आज चौथो जितको लक्ष्यमा छ । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्सविरुद्ध ९० रन, काठमाडौं गुर्खाजविरुद्ध ७३ रन र लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको थियो ।