Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, बैशाख १४, २०८३
☰
Logo सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ३. सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ४. महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ५. युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

  • ६. स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

  • ७. सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

  • ८. पश्चिम नवलपरासीमा १२ घर जलेर नष्ट

  • ९. मालपोत कार्यालय भक्तपुरबाट ११ जना बिचौलिया पक्राउ

  • १०. सुक्खाले बढायो डढेलो र प्रदूषण

चिनियाँ भूमिमा ओलीले गरे लोकतन्त्रको व्याख्या

काठमाडौं, मंसिर १९ –
प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमणमा छन् । मंगलबार महत्त्वपूर्ण राजनीतिक भेटघाट र समझदारी गरेका ओली बुधबार चीनको पेकिङ विश्वविद्यालय पुगे ।

विश्वविद्यालयमा ‘बृहत लोकतन्त्रः समृद्ध नेपाल, सुखी नेपालीको यात्रा’ विषयमा मन्तव्य दिँदै उनले लोकतन्त्रको क्षयीकरण र यसका चुनौतीबारे धारणा राखे ।

प्रधानमन्त्री ओलीले आफ्नो लामो राजनीतिक जीवन स्मरण गर्दै भने, ‘कठिनाइ र चुनौतीहरूको सामना गर्दै लोकतन्त्र र जनताको सुखका लागि मेरा प्रयास अझै बलियो बनेको छ ।’

‘आजको विश्व लोकतन्त्रको क्षयीकरण वा पछाडि फर्कने कुरा गरिरहेको छ,’ उनले भने, ‘बिडम्बना के छ भने धेरै तथाकथित विकसित देशहरूमा जनतालाई नै लोकतन्त्रविरुद्ध खडा गरिएको छ ।’

प्रधानमन्त्री ओलीले यस्तो अवस्थामा केही प्रश्न सोध्नुपर्ने बाध्यता जन्मिएको उल्लेख गर्दै भनेका छन्, ‘लोकतन्त्र वास्तवमा के हो ? लोकतन्त्र कहिले सफल हुन्छ ? लोकतन्त्र केवल सौन्दर्यप्रसाधनभन्दा बाहिर उठ्न सकेको छ ? लोकतन्त्रको नाममा सबैलाई एउटै मापदण्ड लगाउन सकिन्छ ?’

प्रधानमन्त्रीले लोकतन्त्रलाई बृहत् अर्थमा बुझ्नुपर्ने र यसको व्यापकता खोज्नुपर्नेमा जोड दिँदै यसलाई लोकतन्त्रलाई केवल राजनीतिक संरचनाको रूपमा बुझ्न नहुने बताए ।

‘लोकतन्त्र केवल राजनीतिक संरचना मात्र होइन, सामाजिक प्रणाली पनि हो । यसको अर्थ हरेक व्यक्तिको सम्मान, सम्भावना, सुरक्षा र समृद्धिको सुनिश्चितता हो,’ प्रधानमन्त्री ओलीले भने ।

लोकतन्त्रमा जनताले आफ्ना प्रतिनिधिहरू चयन गर्ने भए पनि यस्तो लोकतन्त्रलाई केवल यही प्रक्रियामा सीमित गर्न नहुनेमा उनले जोड दिए ।

‘लोकतन्त्रले केवल प्रतिनिधिहरू चयन गर्ने प्रक्रियामा सीमित रहनु हुँदैन । यो आर्थिक, सामाजिक र सांस्कृतिक पक्षहरूमा पनि आधारित हुनुपर्छ । लोकतन्त्रले जिम्मेवारी र कर्तव्यको समन्वय गराउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

‘नेपालको लोकतन्त्रको यात्रा निकै चुनौतीपूर्ण रह्यो । धेरै वर्षसम्म नेपाल सामन्ती व्यवस्थाको अधीनमा रह्यो । १०४ वर्ष लामो राणा शासनले देशलाई अलग्ग्याएको थियो’ प्रधानमन्त्री ओलीले भने, ‘तर नेपाली जनताको दृढ संकल्पले १९५१ मा राणा शासन अन्त्य भयो । तर लोकतन्त्र लामो समय टिकेन ।’

१९९० को आन्दोलनपछि बहुदलीय लोकतन्त्र फर्किएको ओलीले स्मरण गरे । त्यसपछि पनि मुलुकमा राजतन्त्र कायम रहेको र १९९६ देखि सशस्त्र द्वन्द्व सुरु भएको उल्लेख गर्दै ओलीले विस्तृत शान्ति सम्झौतापछि मुलुकले लोकतान्त्रिक गति लिएको बताए ।

‘२००६ मा विस्तृत शान्ति सम्झौता भएपछि नेपाली जनताको शक्ति सफल भयो । २००८ मा राजतन्त्र समाप्त भयो र २०१५ मा जनप्रतिनिधिहरूद्वारा बनाइएको संविधान जारी भयो,’ प्रधानमन्त्री ओलीले भने ।

उनले अगाडि भने, ‘नेपालको राजनीतिक यात्रा अद्वितीय छ । वामपन्थी र दक्षिणपन्थी शक्तिहरू मिलेर बारम्बार राजतन्त्र र अधिनायकवादलाई पराजित गरे ।’

लोकतन्त्रप्रतिको दृढ उद्देश्य र संकल्पले आफूलाई १४ वर्षको जेल जीवन र लामो एकान्त कारावाससहितका कठोर यातना सहन सक्ने बनाएको पनि उनले बताए ।

‘मेरो जीवनभर मैले मानिसहरूको जीवनमा वास्तविक परिवर्तन ल्याउने गहिरो सोच राखेको छु । यो नै त्यो उज्यालो हो जसले मलाई दशकौंसम्म मार्गदर्शन गर्‍यो,’ प्रधानमन्त्री ओलीले भने ।

गरिबी, अभाव, र अज्ञानताको अन्धकारसँग लड्न लोकतन्त्रप्रतिको दृढताले सघाएको उनको भनाइ छ । उनले भने, ‘मेरो सम्पूर्ण राजनीतिक संघर्ष, अध्ययन, चिन्तन र क्रियाकलापहरू गरिबी, अभाव, र अज्ञानताको अन्धकारसँग लड्न यो उज्यालोको किरणमा निर्देशित भएका छन् ।’

लोकतन्त्रको विभिन्न कोणबाट व्याख्या गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मेरो दृष्टिकोण बृहत लोकतन्त्र बारे त्यो हो, जसले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्षहरूलाई समेट्छ । यो दृष्टिकोणले समानता, न्याय र दिगो विकास सुनिश्चित गर्छ ।’

लोकतन्त्रको ब्याख्या गर्ने क्रममा उनले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको स्मरण गरे ।

‘यहाँका महान् दार्शनिकहरूले र ऋषिहरूका शिक्षाले पुस्तौंसम्म प्रेरित गर्दै विश्वभरी धेरै जीवनलाई छुने काम गरेका छन्’ ओलीले भने, ‘हाम्रो क्षेत्रका धेरै महान् सभ्यताहरू यहीं विकसित भए र ती सभ्यताहरू हाम्रो समाजको अडिग आधारशिला बनेका छन् । ती सभ्यताहरू आजको आधुनिक यात्रामा पनि झल्किन्छन् ।’

संसार अन्धकारमा हुँदै प्रगति गरिसकेको मुलुक नेपाल र चीन रहेको उनले बताए । ‘हाम्रो क्षेत्र प्रतिबद्धता र परिश्रमको धनी छ । हाम्रा पूर्वजहरूले यी विशेषताहरूको आधारमा प्रगति गरे, जबकि बाँकी संसार अझै अन्धकारमा थियो’ उनले भने ।

पूर्वजहरूको व्याख्या गर्दै उनले थपे, ‘हाम्रा पूर्वजहरू विचारक मात्र थिएनन् । उनीहरू नवप्रवर्तनकर्ता र दूरदर्शी थिए, जसको योगदानले एशिया र संसारलाई अमूल्य धरोहर दिएको छ ।’

इतिहासमा चुनौतीहरू रहेता पनि, समाजमा असमान भएत पनि आशाको किरण कहिल्यै ननिभेको उल्लेख गर्दै उनले थपे, ‘आज हामीलाई हाम्रो सभ्यतागत जगमा आधारित रहेर मानव प्रगतिलाई विस्तार गर्ने जिम्मेवारी छ । यस दिशामा चीनको प्रगतिलाई म प्रशंसा गर्दछु ।’

व्याख्यानको क्रममा ओलीले चिनियाँ राजनीतिक व्यवस्था बारे चर्चा भने गरेनन् ।

Chitwan Aaja चितवन आज
बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
माडीको पर्यटन प्रवर्द्धनका लागि ‘एक्सप्लोर माडी’ पोर्टल सञ्चालनमा
जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’
के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

ताजा समाचार

सबै

माडीको पर्यटन प्रवर्द्धनका लागि ‘एक्सप्लोर माडी’ पोर्टल सञ्चालनमा

जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

कालिन्चोकमा ढकमक्क फुलेको सेतो गुराँस (तस्बिरसहित)

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो

चितवनका ३० हजार पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

काँकडभिट्टाबाट साढे सात हजार ६४२ पर्यटक भित्रिए

सुकुमवासी बस्तीका पशुप्राणीको यसरी हुँदैछ उद्धार

बुटवलस्थित उच्च अदालतको अतिक्रमित संरचना हटाउन थालियो (तस्बिरसहित)

धमाधम हुँदैछ सुकुमवासीको स्क्रिनिङ, सँगसँगै स्वास्थ्य जाँच

आँबुखैरेनी गाउँपालिकाको वडामै पहिलोपटक सडक कालोपत्र

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ३.
    सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ४.
    महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ५.
    युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

  • ६.
    स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.