चितवन, मंसिर १८ –
जारी एनपिएलमा चितवन राइनोजले लगातार दोश्रो जित हात पारेको छ ।
चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स ७४ रन बनाउँदै १३.२ ओभरमा अल आउट हुन पुगेको हो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० आभेरमा ७ विकेट गुमाउँदै १६१ रन बनाउन सफल भएको थियो ।