चितवन, मंसिर १७
जारी एनपिएलमा चितवन राइनोजले आफ्नो विजयी यात्रा सुरु गरेको छ । काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै राइनोजले खेल जितेको हो ।
सुरुमा टस जितेर फिल्डिङ् रोजेको राइनोजले ११२ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्यलाई चितवन राइनोजले १७.१ ओभरमा ५ विकेट गुमाउँदै जित हात पारेको हो ।