चितवन, मंसिर ९
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आज बेलुका पौने सात बजेतिर सडक किनारमा पल्टिएको थियो ।