भरतपुर, ३० कात्तिक
भरतपुर महानगरपालिका वडा नं–४, रामघाटमा स्कुटर अनियन्त्रित भई पल्टिँदा दुई जना घाइते भएका छन् ।
विशाल चोकबाट रामघाटतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ११६० नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिँदा स्कुटर चालक तनहुँको घिरिङ गाउँपालिका वडा नं–१ घर भई हाल भरतपुर–४ विशाल चोक बस्ने ३५ वर्षीया शान्ता सिग्देल र स्कुटरपछाडि बस्ने सोही ठाउँ बस्ने १३ वर्षीया महिमा भट्टराई घाइते भएका हुन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र चालक सिग्देलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।