Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, फागुन २९, २०८२
☰
Logo शुक्रबार, फागुन २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • १०. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

संसदमा मूल्यवृद्धिसम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल

काठमाडौं, २० जेठ-

प्रतिनिधिसभामा मूल्यवृद्धिसम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिएको छ ।

पेट्रोलियम पदार्थसहितका वस्तुतमा अस्वभाविक मूल्यवृद्धि गरिएको भन्दै संसदमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई शुक्रबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तावक विशाल भट्टराईले प्रस्तुत गरेका हुन् ।

साथै उक्त प्रस्तावको समर्थनमा गणेश कुमार पहाडी, राजेन्द्र प्रसाद लिङ्देन र दुर्गा गैडेलले रहेका छन् ।

बैठकमा प्रस्ताव पेस गरेका भट्टराई र समर्थनमा बोलेका सांसदहरुले अस्वभाविक रुपमा मूल्यवृद्धि भइरहँदा सरकारले बजार अनुमगनसमेत नगरेको बताएका छन् ।

मूल्यवृद्धिका कारण जनजीवन कष्टकर बनिरहँदा सरकार मूल्यवृद्धि घटाउन उनीहरुको माग छ । पेट्रोलियम पदार्थमा लगाइएका कर घटाएर भए पनि मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

पेट्रोलियम पदार्थ आयात गर्न आयल निगमको एकाधिकार तोडेर निजी क्षेत्रलाई कमिसन खाएर दिन लागेको आशंका गरेका उनीहरुले आपत्ति जनाए ।

अहिले उक्त प्रस्तावमाथि छलफल भइरहेको छ । छलफलका लागि दुई घण्टा छुट्याइएको छ ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव

श्री सचिव, प्रतिनिधि सभा ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम देहायको जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सूचना दिएको छौं ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव :

नेपाल संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्यमा वर्तमान सरकारको अदुरदर्शिता र गैर जिम्मेवार गतिविधिका कारण आघात पुगेको छ । अर्थतन्त्रका प्रमुख परिसुचकहरु उत्पादन, उपभोग, बचत, लगानी, शोधान्तर बचत, भुक्तानी सन्तुलन, व्यापार, कुल गार्हस्थ उत्पादन, कुल राष्ट्रिय उत्पादन जस्ता पक्षमा सरकारले यथेष्ट ध्यान पुयाउन नसक्दा अर्थतन्त्र थप धरासायी हुन पुगेको छ । जनताको जनजीविकासँग जोडिएका खाद्यान्य लगायत अन्य उपभोग्य वस्तुहरुको मुल्य आकाशिएको छ। हालको बजार मुल्य अनुसार कमजोर आय स्रोत भएका मानिसहरुलाई जीवन धान्न कठिनाई परिरहेको छ । तर सरकारले नागरिकको जनजीविकाको विषयलाई ध्यान दिएर मुद्रास्फितिलाई रोक्नुको सट्टा दिनानुदिन खाना पकाउने ग्यास र डिजेल, पेट्रोल, मट्टितेल लगायतका जनताको जनजीविकासँग जोडिएका पेट्रोलियम पदार्थको मुल्य स्वचालित मुल्य निर्धारण कार्यविधिअनुसार नेपालमा आयात हुने पेट्रोलियम पदार्थको बिक्रि मुल्य परल मुल्य बमोजिम पन्ध्र दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधान विपरीत बढाएको छ। पछिल्लो दश दिन भित्र क्रमशः मिति २०७९ ज्येष्ठ १ गते र मिति २०७९ ज्येष्ठ ९ गतेदेखि लागु हुने गरी दुई पटक मुल्य वृद्धि गरेर प्रचलित कानूनी प्रावधानको उल्लघंन र जनताको सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक अधिकार कुण्ठित गर्न सरकार उद्दत रहेको छ ।

खाना पकाउने ग्यास, डिजेल र पेट्रोल लगायतका पदार्थको मुल्य बढ्दा यसले पार्ने बहुआयामिक असर सम्बन्धमा कुनै विश्लेषण गरिएको छैन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले मुल्यवृद्धिका कारण जनताको जनजीविकामा पर्न गएको असरबारे जिम्मेवार भएर छलफल गर्नुको सट्टा बेमौसमी रुपमा नेपाल आयल निगमको निजीकरण गर्ने कुरा उठाई रहनु भएको छ । यस्तो बेलामा जनताको जनजीवनलाई सहज बनाउन खाना पकाउने ग्यास, डिजेल, पेट्रोल लगायतका पदार्थको मुल्य समायोजन कसरी गर्न सकिन्छ भनेर प्रतिपक्षी दल एवम् सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल गर्नुको सट्टा कमिशनकोखेलमा कल्याणकारी राज्यको आधारभुत मुल्य मान्यता विपरित जनताको दैनिक जीवनसँग जोडिएको विषयलाई निजीकरण गर्ने कुरा उठाई रहनुभएको छ, जुन कदम असान्दर्भिक, गैरजिम्मेवार र वैमौसमी छ ।

नेपालको वर्तमान संविधानको धारा १६ले सबैलाई सम्मापूर्वक बाँच्न पाउने हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । तर दिनानुदिन भएको मुल्यवृद्धिका कारण कमजोर आयस्रोत र निम्न वर्गका मानिसहरुलाई आफ्नो जीवन जीउन गाहो परिरहेको छ । त्यसैले जनताको आधारभुत आवश्यकता परिपूर्ति गर्ने कल्याणकारी राज्यको प्राथमिक र सर्वाधिक महत्वपूर्ण दायित्वको सुनिश्चित गर्न यथाशिघ्र कदम चाल्नुपर्ने आवश्यकता छ । खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मुल्य वृद्धिका कारण जनताको दैनिक जनजीवन लगायत व्यापार व्यावसायका क्षेत्रमा पर्न गएको असरलाई न्युनीकरण गर्नका निमित्त तत्काल यी पदार्थको मुल्य घटाउने स्पष्ट खाका पेश गर्न सरकारलाई झकझक्याउन संसदले पहल गर्न अत्यावश्यक भएकाले यो प्रस्ताव ल्याइएको हो ।

छलफल गर्नु पर्नाको कारण :
– पेट्रोलियम पदार्थको मुल्य स्वचालित मुल्य निर्धारण कार्यविधिअनुसार नेपालमा आयात हुने पेट्रोलियम पदार्थको बिक्रि मुल्य परल मुल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधान विरुद्ध गएर गरिएको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसँग माग गर्न ।

– खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेल लगायतका पदार्थमा भईराखेको चुहावट, कमिशन र अत्यधिक करलाई न्युनीकरण गर्न यी पदार्थमा भएको मुल्य घटाउन सरकारले गरेको प्रयासबारे स्पष्ट खाका सरकारसँग माग गर्न ।

– खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेल लगायतका पदार्थको मुल्य घटाउन सरकारले के कस्तो गृहकार्य गरिरहेको छ ? यदि गृहकार्य गरिरहेको छ भने उक्त कार्यको प्रगति सहित जनताले कहिले राहत पाउँछन् ? स्पष्ट कार्ययोजना सरकारसँग माग गर्न ।

– खाना पकाउने ग्यास, पेट्रोल डिजेट र मट्टितेल लगायतका पदार्थको मुल्य वृद्धिले गर्दा गरिब, सीमान्तकृत, कमजोर आय स्रोत भएका वर्ग, विद्यार्थी लगायत आम जनताको दैनिक जनजीवनमा पार्ने असरबारे अर्थशास्त्रीय दृष्ट्रिकोणबाट गरिएको बहुआयिक प्रभावसहितको विश्लेषणात्मक प्रतिवेदन सरकारसँग माग गर्न ।

– मुल्यवृद्धिका कारण हुँदा खाने वर्गको जनजीवन सहज बनाउन सरकारले के कस्ता योजना लिएको छ ? त्यसको जानकारी माग गर्न ।
– सरकारले अब मुल्य वृद्धि नगर्नका लागि के कस्तो पहल लिएको छ ? यदि पहल लिएको छ भने उक्त पहलमा के कस्तो प्रगति भएको छ ? सोबारे सरकारसँग जानकारी माग गर्न ।

सम्बन्धित मन्त्रालयः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

प्रस्तावक १. विशाल भट्टराई, खोटाङ
समर्थकः १. यज्ञराज सुनुवार
२. गणेश कुमार पहाडी
३. राजेन्द्र प्रसाद लिङ्देन
४. दुर्गा गैडेल

-न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’
‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

ताजा समाचार

सबै

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने

आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.