चितवन,कात्तिक २२-
चितवनको भरतपुरमा बोलेरो गाडी,मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।दुर्घटनामा स्कुटरमा सवार चितवनको इच्छाकामना गाउँपालिका ५ बस्ने ३७ वर्षिय रामकुमारी गुरुङको मृत्यु भएको हो।
आज (बिहिबार) बिहान ११ः४० बजे भरतपुर महानगरपालिका २४ लक्ष्मणचोकमा प्र ३–०१–०२४ च ४९९३ नम्बरको बोलेरोले बा.प्र.०३–००१ प ३६५६ नम्बरको मोटरसाइकल र प्रदेश ३–०३–००१ प ८८८२ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा इच्छाकामना गाउँपालिका ५ बस्ने स्कुटर चालक ३१ वर्षिय सोजन शेरचन गम्भिर घाइते भएका छन् । यस्तै मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका २४ का ३१ वर्षिय हरिशरण थापामगर पनि घाइते भएका छन्। उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ। प्रहरीले तीनवटै सवारी साधन र बोलेरोका चालकलाई नियन्त्रणमा लिएको छ ।