चितवन, जेठ १९ –
भरतपुर महानगरपालिकाका लागि संघीय सरकारबाट १ अर्ब ८० करोड २४ लाख रुपैयाँ अनुदान बजेट प्राप्त हुने भएको छ ।
आर्थिक वर्ष २०७९/८० का भरतपुरका सो रकम बराबरको बजेट परेको हो । चालु आवका लागि भरतपुरले १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ अनुदान पाएको थियो ।
१ अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको भरतपुरले समपूरक २ करोड ५० लाख रुपैयाँ, विशेष अनुदान १४ करोड ८ लाख रुपैयाँ र समानीकरण अनुदान ५१ करोड ६९ लाख रुपैयाँ पाएको हो ।