चितवन, कात्तिक ९-
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडक बन्द गर्न राखिएको डिभाइडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गैडाकोट बस्ने ५० वर्षीय प्रेम परियार रहेका छन् ।
गम्भीर घाइते भएका परियारको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
हिजो (बिहीवार) राति साढे १० बजे चौविसकोठीबाट पुलचोकतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ प ४७६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल पछाडी सवार इच्छाकामना गाउँपालिका–५ बस्ने ३३ वर्षीय पूर्णबहादुर परियार सामान्य घाइते भएका थिए। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ ।