काठमाडाैं कात्तिक ३
नवलपरासीको कावासोतीको बालुवाडाँडामा जीप दुर्घटना भएको छ ।
बालुवाडाँडाबाट कावासोतीतर्फ जाँदै गरेको बा प्र ०७ ०० १ ज ००२० नम्बरको जीप शनिबार मध्याह्न दुर्घटना भएको हो ।
दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
जीप सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार