नवलपरासी, असोज १२-
नारायणी नदीमा पानीको सतह बढेपछि गण्डक नहरका सबै ढोका खोलिएको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले गण्डक आज विहान गण्डक नहरका सबै ढोका खोलिएको बताए।
नारायणी नदीको बाढीले गैडाकोट २ को बोटे टोल र सुकुम्बासी टोल गएराति डुबेको छ ।
अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा ३ लाख ६५ हजार क्यूसेक पानीको बहाब रहेको छ ।