११ असोज, काठमाडौं
अत्यधिक वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखि भारी वर्षा भइरहेको छ ।
वर्षाका कारण कामकाजमा हिँड्नुपर्नेहरु समस्यामा परेका छन् । उनीहरूको दिनचर्या नै बिथोलिएको छ । पैदल हिँड्नुपर्ने, साइकल तथा मोटरसाइकल चलाउनेहरु वर्षाका कारण प्रभावित भएका छन् ।
काम जाने र फर्किने क्रममा कतिपय सर्वसाधारणहरू पानीमा रुझ्दै र साथीको छातामा ओत लागेर हिँडिरहेका छन् ।
साइकलमा सामान बोक्ने, फुटपाथमा ब्यापार गर्ने, ट्राफिक प्रहरीहरु पानी पर्दा पनि आफ्नो काममै जुटिरहेका छन् ।








