Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, माघ २१, २०८२
☰
Logo बुधबार, माघ २१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ४. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६. शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ७. आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

  • ८. यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

  • ९. चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

  • १०. इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

न्युयोर्कमा परराष्ट्रमन्त्री देउवाको व्यस्त कार्यसूची

वासिङ्टन डिसी, असोज १०-
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिनेक्रममा न्युयोर्क आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित द्विपक्षीय तथा बहुपक्षीय भेटघाटमा व्यस्त हुनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको भ्रमण टोलीमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा यही ‘सेप्टेम्बर २१ तारिख’का दिन क्यानाडाबाट न्युयोर्क आइपुग्नुभएका हो । उहाँ क्यानाडामा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी भएर न्युयोर्क आएपछि व्यस्त कार्यसूचीका बीच आन्तरिक भेटाघाट, छलफलमा खटिरहनुभएको छ । प्रधानमन्त्री ओलीले नेतत्व गर्नुभएको भ्रमण टोलीमा परराष्ट्रमन्त्रीका हैसियतले डा राणा राष्ट्रसङ्घसम्बद्ध विभिन्न कार्यक्रमका अतिरिक्त द्विपक्षीय एवं बहुपक्षीय भेटघाटमा व्यस्त हुनुहुन्छ ।

विशेषगरी नेपालका मुख्य विकास साझेदार देशका प्रमुख तथा प्रतिनिधिहरुसँगको भेटघाट तथा छलफल कार्यक्रमले प्राथमिकता पाएको देखिन्छ । साथै न्युयोर्कमा रहँदा उहाँले विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्तासहित केही देशसँग नेपालका तर्फबाट समझदारी पनि गरिरहनुभएको छ ।

साधारणसभाका अवसरमा न्युयोर्कमा आयोजना भएका महिला सशक्तीकरण, प्रजनन स्वास्थ्य तथा महिला नेतृत्व, जलवायु परिवर्तन एवं अतिकम विकसित राष्ट्रहरुका फोरममा उहाँको सक्रिय सहभागिता रहेको छ । परराष्ट्रमन्त्री डा राणाले नेपालले संवैधानिक रूपमा व्यवस्था गरेको महिला अधिकारदेखि सरकारले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका साथै गत वर्षको अक्टोबरमा हमास विद्रोहीले अपहरण गरेका नेपाली नागरिक विपीन जोशीको रिहाइका लागि विश्वको ध्यानाकर्षण गराइरहनुभएको छ ।

मन्त्री डा राणाले महिलाको प्रजनन अधिकारसम्बन्धी फोरममा दिनुभएको सम्बोधनले यहाँ उपस्थित विश्वका महिलाहरुको ध्यानाकर्षण गर्न सफल भएको थियो । सम्बोधनका क्रममा नेपालमा महिलाको प्रजनन अधिकार तथा सुरक्षित मातृत्वका क्षेत्रमा गरेका कामको जानकारीले सहभागीहरू निकै उत्साहित भएका थिए । विकसित देशहरुमा समेत अझै पनि गर्भपतनका कारण ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले हामीहरु हाम्रो संविधानमा नै महिलाको अधिकारका लागि संवेदनशील विषयलाई सम्बोधन गराउन सफल भएका छौँ भनेर उहाँले दिनुभएको जानकारी यहाँका धेरै महिला नेतृत्वका लागि प्रेरणा बनेको उनीहरुको भनाइ थियो ।

मन्त्री डा राणाले राष्ट्रसङ्घका उपमहासचिवहरुसँग विभिन्न विषयमा छलफल गर्नुभएको थियो । खासगरी राष्ट्रङसङ्घीय शान्ति स्थापना अभियानमा खटिने नेपाली सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउन उहाँले गर्नुभएका उच्चस्तरीय भेटवार्ताहरु महत्वपूर्ण रहेका छन् । उहाँले शान्ति मिसनसँग सरोकार राख्ने राष्टसङ्घका उपमहासचिव जाँ पिय लाख्वासँग भेट गर्दा पनि यी विषयलाई उच्च प्राथमिकताका साथ उठाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अल्पविकसित देशहरुका तर्फबाट परराष्ट्रमन्त्री डा राणाले ‘जी २०’ का विदेश मन्त्रीहरुको बैठकमा पनि आफ्ना धारणा राख्ने अवसर प्राप्त गर्नुभएको थियो । विश्वका धनी राष्ट्रहरुका बीचमा उहाँले राख्नुभएको विचारले विकासशील राष्ट्रहरुका लागि लाभ पुग्ने अपेक्षा गरिएको छ । नेपालले कम विकसित देशहरुको समूहको अध्यक्षका हैसियतले उक्त फोरम प्राप्त गरेको हो ।

यसैगरी, मन्त्री डा राणाले ‘सोसलिष्ट इन्टरनेसनल’को फोरममा पनि आफ्नो मन्तव्य राख्दै सो सङ्गठनको मान्यताबमोजिम नै समानता तथा सामाजिक न्याय प्राप्त गर्ने अवसरबाट विश्वका कोही पनि वञ्चित हुन नपर्ने धारणा व्यक्त गर्नुभएको थियो । जसलाई उपस्थित सहभागी नेताहरूले सरहाना गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय मञ्चहरुमा सहभागी विभिन्न देशका कूटनीतिज्ञ तथा उच्च पदस्थ अधिकारीहरुबीच भएका छलफलमा उठेका जिज्ञासालाई सम्बोधन गर्दै नेपालको ‘एजेन्डा’मा उनीहरुको मत समावेश गराउने काम उहाँले गर्नुभएको छ । उहाँले आफ्ना प्रस्तुति राख्दा समयको पाबन्दीको ख्याल गर्दै बैठक, छलफल तथा भेटघाटमा उपलब्ध समयको अधिकतम सदुपयोग गरिरहनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोलीमा रहनुभएकी परराष्ट्रमन्त्री डा राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, स्पेनका प्रधानमन्त्री पेडो सान्चेज, कुवेतका राजकुमार तथा प्रधानमन्त्री शेख सवहसँग भेट गर्नुभएको थियो । यसैगरी नेपालको विकासमा महत्वपूर्ण साझेदारी गर्दै आएको देश फिनल्यान्डका विदेशमन्त्री भिल्ले ताविओसँग पनि भेट गरेर ५० वर्षको सम्बन्धलाई सिंहावलोकन गर्नुभयो ।

उहाँले इन्डोनेसिया र सर्वियासँग कूटनीतिक तथा सरकारी सेवाका पासपोर्ट वाहकलाई भिसा निःशुल्क दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो भने बुरुण्डीका विदेश मन्त्रीलाई भेटेर द्विपक्षीय सम्बन्धका विविध आयामहरुमा छलफल पनि गर्नुभयो । त्यस्तै, नेपाललाई हाल महत्वपूर्ण रोजगारीको गन्तव्य प्रदान गरिरहेको दक्षिण कोरियासँगको सम्बन्धका बारेमा त्यहाँका विदेशमन्त्रीसँग भेटेर छलफल गर्नुभयो ।

उल्लिखित द्विपक्षीय तथा बहुपक्षीय भेटघाटका अवसरमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य र मानवअधिकार परिषद्मा नेपालले दिएको उम्मेदबारको पक्षमा सहयोग गर्न डा राणाले आग्रह गर्नुभएको छ । नेपालले कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा उमेदवारी दिएर चर्चा कमाउने मात्र नभई जितका लागि अधिकतम कूटनीतिक पहल गर्नुपर्छ भन्ने सोचका साथ नेपालका पक्षमा मत मागिरहनुभएको परराष्ट्र मन्त्रालयको सचिवालयले जनाएको छ । रासस

 

Chitwan Aaja चितवन आज
बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी
काठमाडौँबाट इस्तानबुल उडेको टर्किस एयरको विमानमा समस्या, कोलकोता डाइभर्ट
चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप

ताजा समाचार

सबै

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

काठमाडौँबाट इस्तानबुल उडेको टर्किस एयरको विमानमा समस्या, कोलकोता डाइभर्ट

चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

भरतपुरमा देउराली–जनता फार्मास्युटिकल्सले नयाँ औषधि उद्योग स्थापना गर्दै

क्यान्सर दिवसमा चितवन मेडिकल कलेजमा निःशुल्क बहिरङ्ग सेवा

फेरी बढ्यो सुनको मूल्य

राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम

निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

महोत्तरीको उखु खेतमा आगलागी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ४.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६.
    शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.