काठमाडौं, असोज १-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने राष्ट्रिय भेला शुरू भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ९ बजेदेखि भेला शुरू भएको हो । भेलामा सहभागी हुन देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौं आएका छन् ।
भेला भोलिसम्म चल्नेछ । भेलामा सभापति लामिछानेले राजनीतिक र कार्यवाहक महामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।
विधान संशोधन, विचार, संगठन, संसदीय मामिला, अभियान, उमेदवार क्लब/लिडरसिप एकेडेमीलगायत एजेन्डामा भेलामा छलफल गरिनेछ ।
राष्ट्रिय अभियान पनि घोषणा गर्दै भेलाबाट महाधिवेशनको मिति तय गरिनेछ ।