चितवन, भदौ २९ –
खैरहनी नगरपालिका वडा नं.१२ र १३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भएको अधिवेशनबाट वडा नं.१२ को सभापतिमा कृष्णप्रसाद ब्रतौला र १३ को सभापति सुवास थापा सर्वसम्मत चयन भएका छन् ।
रास्वपा खैरहनीले आजसम्म १३ वटा मध्ये ९ वटा वडामा अधिवेशन सम्पन्न गरेको छ जसमा वडा नं. १ मा विष्णु वास्कोटी, २ मा दिर्घविक्रम के.सी, ३ मा लक्षमण नेपाली, ४ मा चिन्तामण्ी न्यौपाने, ५ मा कृष्ण के.सी, ६ मा राजेन्द्र सडौला, ८ मा तुलसी आचार्र्य र १० मा नरहरी सापकोटा सर्वसम्मत चयन भएका छन् । बाँकी ३ वटा वडामा असोज महिना भित्र अधिवेशन सम्पन्न गर्ने नगर सचिव उत्तम अधिकारीकले बताए । आजसम्म नगरपालिकामा १ हजार पाँच सय जना सदस्य भइसकेको अधिकारीले बताए ।
मंसिरसम्म खैरहनी नगरपालिकाको पनि पालिका अधिवेशन सम्पन्न गर्ने पालिकाका सभापति राजा सिलवाले बताए ।