काठमाडौं, २५ भदौ
अमेरिकाको ह्युस्टनस्थित अपार्टमेन्टमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको अन्त्येष्टि गरिएको छ । सोमबार साँझ परम्परागत हिन्दु परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुनाकी आमा आमा अनिता अधिकारी आफ्नो एक मात्र सन्तानलाई अन्तिम बिदाइ गर्न नेपालबाट गएको साता ह्युस्टन पुगेकी थिइन् । उनले छोरीको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै आएकी छिन् ।
ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत मुना सन् २०२१ मा अमेरीका गएकी थिइन् । मुनाको ह्युस्टन राज्यस्थित हिलक्रप्ट नजिक उनी बस्दै आएको अपार्टमेन्टमा भदौ ११ मा गोली हानी हत्या गरिएको थियो । उक्त दिन अपरान्ह ५ बजेर ३५ मिनेटमा घटनास्थल पुगेका प्रहरीले उनलाई मृत फेला पारेका थिए ।
हत्याको अभियोगमा गत भदौ १३ मा अमेरिकी प्रहरीले बबीसिंह साह नामका व्यक्तिलाई पक्राउ गरेको छ । शाहलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा चलाइएको छ ।