गैँडाकोट भदौ २१
पूर्वी नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं.१० भैसाखोरीमा कावासोती जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसको ठक्करबाट गैँडाकोट ११ घर भएका ७ बर्षका बालक बिशाल श्रेष्ठको ज्यान गएको हो । मृतक बालक पुष्पराज श्रेष्ठका छोरा हुन् ।
आज राति ८ : ५० वजे वजे मामाघरको हजुरआमा सँगै पैदल हिडिरहेका बालकलाई गाडीले ठक्करदिदा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बसको ठक्करबाट गम्भिर घाइते भएकी बालककी हजुरआमा ५५ बर्षिया श्रीमाया मानन्धरको पुरानो मेडिकल कलेजमा उपचार सुरु भएको छ ।मानन्धरको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीको भनाइ छ । दुर्घटना लगत्तै बस र त्यसका चालकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।