चितवन, ६ भदौ
नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा पीबी ग्रुपका खेम राज पोख्रेलले उम्मेदवार दिएका छन् । यहि भदौ २८ गते हुन लागेको निर्वाचनमा खेम कार्यकारिणी सदस्य पदमा चुनावी मैदानमा उत्रिएका हुन्।
निर्वाचनमा अध्यक्ष पदका लागि इन्जिनियर दिपक श्रेष्ठ र महासचिव पदका लागि इन्जिनियर राजेन्द्र बहादुर क्षेत्री “सफल” को नेतृत्वमा रहेको नियोनको प्यानल चुनावी मैदानमा उत्रिएको छ।
नियोनको प्यानलमा उपाध्यक्ष पदमा श्याम नारायण चौधरी, उप-महासचिव पदमा गजेन्द्र कुमार झा, कोषाध्यक्ष पदमा देवेन्द्र बहादुर राउत, सह-कोषाध्यक्ष पदमा भुवन पौडेल रहेका छन् ।
यस्तै, कार्यकारिणी सदस्यहरुमा खेम राजसहित अनिल नेपाल, प्रविण ढकाल, निर्मल कडरिया, यादव राज घिमिरे, सन्दिप के.सी., अनुप क्षेत्री, लोकेन्द्र कार्की, विजय पौडेल, आकाश थापा मगर, समिप सुवेदी, र शिशिर बस्नेतले उम्मेदवार दिएका छन्।
यो प्यानलले संस्थाको प्रगति र सुधारका लागि विस्तृत कार्ययोजना तयार पार्दै आगामी कार्यकालमा उल्लेखनीय योगदान गर्ने लक्ष्य राखेको छ । संस्थामा नयाँ विचार र दृष्टिकोणको आवश्यकता महसुस गर्दै प्यानलले संस्थालाई नयाँ उचाइमा पुर्याउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।