कावासोती,भदौ ४-
नवलपुरको मध्यविन्दुमा खोलाले मोटरसाइकल बगाएको छ । मध्यविन्दु ९ बसन्तपुरमा रहेको खहरे खोलाले २८ प ६९५ नं को मोटरसाइकल बगाएको हो ।
मोटरसाइकलमा तरकारी लिएर बेच्न हिडेका देव बहादुर मगर र उनकी छोरी तुलसी फालमगर चढेको मोटरसाइकल खहरे खोलाको बाढिले बगाएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल र बेच्न लैजान लागिएको तरकारी खोलाको बाढिले बगाए पनि मोटरसाइकलमा सवार बाबु छोरीको भने उद्धार गरिएको छ ।
अहिले बेपत्ता मोटरसाइकल खोजि भइरहेको प्रहरीले जनाएको छ ।