हेटौँडा,भदौ १-
मोटरसाइकलको ठक्करबाट शनिबार हेटौँडामा बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का रामचन्द्र अर्यालका पाँच वर्षीय छोरा सिभास अर्याल रहेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो हेटौँडा –९ धामस्थित भित्री सडकमा मयुरधापबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले सिभासलाई ठक्कर दिएको थियो।
बाटोछेउमा हिँडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएलगत्तै उनलाई उपचारको लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकले मृत घोषणा गरे।
घटनाको बारेमा जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौँडा– १४ का अन्दाजी १७ वर्षीय मोटसाइकलचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।