चितवन, जेठ १४
चितवनका सांसद कृष्णभक्त पोखरेलले नारायणी नदीमा नयाँ पुल निर्माण गर्न सरकारसँग बजेट माग गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममा टिप्पणी गर्दै एमालेबाट निर्वाचित सांसद पोखरेलले नारायणीको पुल जीर्ण भएकोले तत्काल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । २०३५ सालमा बनाइएको नारायणी नदीको पुल जीर्ण भइसकेको छ ।
यस्तै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका बारेमा सरकारको नीति तथा कार्यक्रममा आवश्यक समन्वय तथा सहजीकरण गर्ने भन्ने मात्र उल्लेख भएको प्रति टिप्पणी गर्दै रंगशाला बनाउन रकम नै छुट्याउनुपर्ने माग गरे ।
यस्तै उनले शक्तिखोर सुरुङमार्ग बनाउन सुरु गर्नुपर्ने माग राखे । मझिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङमार्ग बनाउने कार्यक्रम एमाले नेतृत्वको सरकारको पालामा आएको थियो । पोखरेलले उक्त कार्यक्रमको यसवर्ष भित्र डीपीआर बनाएर काम थाल्न माग गरेका हुन् ।