चितवन, जेठ १४ –
नारायणगढ मुग्लिन सडकखण्डमा कार र हाईसमाथि पहिरो खसेको छ ।
आज शनिबार साँझ ५ः२० बजे चितवनको इच्छाकामना गाउँपालिकामा ६ चारकिलो स्थित नाग्दी खोला नजिकै सुख्खा पहिरो खसेको हो ।
नारायणगढतर्फ आउँदै गरेको गरेको ग१ख-९९०९ नम्बरको हाईस र प्र ३-०१-०२३च-०५३५ नम्बरको कारमा सुख्खा पहिरो खसेको छ ।
पहिरोका कारण हाईस चालकको हातमा सामान्य चोट लागेको छ । नवलपुरको कावासोती नगरपालिका ७ का ३६ वर्षीय टिकाराम महतो घाइते भएका हुन् ।
केही समय दुईतर्फि अवरुद्ध भएको सडक अहिले एकतर्फि सञ्चालनमा रहेका थियो । सो सडकखण्डमा बिहान दुर्घटना हुँदा पनि बाटो अवरुद्ध भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार