Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, असोज ३०, २०८२
☰
Logo बिहिबार, असोज ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. जङ्गली हात्तीको समूह चितवन निकुञ्जमा

  • ९. कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि पुग्यो सुपर-६ मा

  • १०. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

ब्राजिलमा विमान दुर्घटना : प्रत्यक्षदर्शीले के भने ?

साओ पाओलो, २६ साउन
ब्राजिलको राजधानी साओ पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए ।

विमान सञ्चालन गर्ने भोपास एयरलाइन्सका अनुसार यो ट्वीन इन्जिन भएको टर्बोप्रप विमान ब्राजिलको दक्षिणी सहर परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलका लागि गइरहेको थियो । तर विमान भिन्हेडो सहर नजिकै दुर्घटनामा परेको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एटीआर ७२–५०० विमान आकाशमा अनियन्त्रित भई घुमिरहेको र सिधै तल खसेको देखिन्छ । विमान खसेको वरपर धेरै घरहरू देखिएका छन् । तर, एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूको भनाई छ । जमिनमा कोही पनि घाइते भएनन्।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार विमान शुक्रबार बिहान ११:५६ बजे कास्कभेलबाट उडेको थियो । डेढ घण्टापछि विमानको अन्तिम संकेत प्राप्त भएको थियो।

ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साओ पाउलो राज्यका गभर्नर टार्सिसो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्।

सन् २००७ पछि ब्राजिलमा भएको यो सबैभन्दा ठुलो विमान दुर्घटना हो । २००७ मा साओ पाउलोमा टीएएम एक्सप्रेस विमान दुर्घटनामा १ सय ९९ जनाको मृत्यु भएको थियो। एयरलाइन्स कम्पनी एटीआरले विमान दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ ।

ब्राजिलको नागरिक उड्डयन एजेन्सीले उक्त विमान सन् २०१० मा निर्माण भएको र राम्रो अवस्थामा रहेको बताएको छ ।

एजेन्सीका अनुसार विमान उड्नको लागि एकदम फिट थियो।

प्रत्यक्षदर्शीले के भने ?
आफ्नो अगाडि विमान दुर्घटना भएको देखेका फेलिफ मेगलेसले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘विमान खसेको आवाज सुनेपछि मैले झ्यालबाट बाहिर हेरेँ। मैले मेरो आँखा अगाडि विमान खसेको देखेँ।’

भिन्हेडो सहरमा बस्ने फेलिफले विमान खसेलगत्तै आफू घरबाट भागेको बताए । ‘म एकदम डराएको थिएँ । के गर्ने थाहा थिएन। डरले घरको पर्खालबाट हाम फालेर बाहिर भागेँ,’ उनले भने ।

दुर्घटनास्थल नजिकै बस्ने नताली सिसारीले खाना खाइरहेको बेला टाढाबाट ठुलो आवाज आएको बताइन् । यो आवाज आफूलाई पहिले ड्रोन उडेको जस्तो लागे पनि पछि निकै ठुलो आवाज आएको उनको भनाई थियो ।

उनले सीएनएन ब्राजिललाई भनिन्, ‘म लगत्तै बार्दलीमा कुदेर पुगेँ । मैले विमान आकाशमा तीव्र गतिमा घुमिरहेको र तल खसेको देखेँ।’

अर्को प्रत्यक्षदर्शी पितरोले रोयटर्सलाई त्यहाँ धेरै मानिसहरू भेला भएको र भिडियो बनाउन थालेको जानकारी दिए । ‘मैले विमानको भग्नावशेष देखेँ,’ उनले भने, ‘दुर्घटनास्थलमा यसको क्याबिन मात्रै बाँकी थियो ।’

जो भाग्यले बाँचे
दुर्घटनाग्रस्त विमानको टिकट लिएका केही यात्रु विमान चढ्न छुटेको थिए । तीमध्ये एक एड्रियानो एसिस थिए।

उनले भने, ‘विमान कहिले उड्छ भन्नेबारे केही जानकारी थिएन । यो कुरा बताउन काउन्टरमा कोही थिएनन् ।’

पछि उनलाई अब विमानमा चढ्न नसक्ने भनियो । ‘त्यहाँ बसेका केही व्यक्तिहरूसँग मैले यस विषयमा बहस पनि गरेको थिएँ। म बाँचेकोमा भगवानलाई धन्यवाद दिन्छु।’

अर्का यात्रु जोस फेलिपले सुरुमा लाताम जाने टिकट बुकिङ गरेको बताए । तर लाताम विमानस्थल बन्द थियो ।

एयरपोर्ट पुग्दा उनको बोर्डिङ लिमिट सकिएको बताइयो । त्यहाँ बसेका अधिकारीसँग उनले पनि झगडा गरेको सुनाए । तर अधिकारीहरूले उनलाई विमानमा चढ्न दिएनन्।
उनले भने, ‘यो एउटा डरलाग्दो अनुभव हो । म अझै काँपिरहेको छु। यो क्षणको साक्षी म र भगवान् मात्र हौँ।’ एजेन्सी

 

Chitwan Aaja चितवन आज
शनिबार, साउन २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

ताजा समाचार

सबै

एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

खोलामा डुबेर तीन बालिकाको मृत्यु

जाडो छल्न हिमालपारिबाट चितवन आउन थाले चरा

बाँसका भाँडाकुँडा बनाउने डोमजातिलाई भ्याइनभ्याई

चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाको माग

जेनजीका माग पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको सञ्चारमन्त्री खरेलको दाबी

फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

प्रधानमन्त्रीको निष्कर्ष- निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्नुपर्ने देखियो

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

फरार १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

नागरिक उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई ससर्त उपलब्ध गराउने समझदारी

फागुन २१ को चुनावबारे दलहरूसाग औपचारिक संवादमा जुट्यो आयोग

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech