Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत ०५, २०८२
☰
Logo बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

भाग्नुअघि कस्तो थियो देशमा शेख हसिनाको अन्तिम समय ?

ढाका, २३ साउन
गएको एक दशकभन्दा बढी समयदेखि धेरैले शेख हसिनालाई ‘लौह महिला’ भनेर सम्बोधन गर्ने गर्थे । लगातार करिब साढे १५ वर्ष सत्तामा बसेकी प्रधानमन्त्रीले यसरी देश छोड्नु पर्ला भन्ने त कल्पनासम्म पनि धेरैले गरेका थिएनन् होला । बंगलादेशको इतिहासमा यसअघि कहिल्यै पनि सत्ताबाट हटाइएपछि व्यक्ति देश छोडेर भाग्न बाध्य भएनन् । सोमबार आन्दोलनरत विद्यार्थीहरूको ‘लङ मार्च टु ढाका’ अभियानका क्रममा शेख हसिना र उनकी बहिनी शेख रेहाना देश छोड्न बाध्य भए । यसअघि आइतबार राति र सोमबार बिहान नाटकीय घटनाहरूको शृङ्खला जारी रह्यो ।

हार मान्न तयार थिइनन् शेख हसिना
आइतबार देशभर अवामी लिगका नेता, कार्यकर्ता र प्रदर्शनकारीबिच हिंसात्मक झडप भए । यस क्रममा करिब सय जनाको मृत्यु भयो । जसमा धेरै प्रहरी पनि थिए । प्रदर्शनकारीको चर्को विरोधका कारण अवामी लिगका नेताहरू धेरै ठाउँमा पछि हटे । उक्त साँझ अवामी लिगका धेरै वरिष्ठ नेता र सल्लाहकारले शेख हसिनालाई स्थिति नियन्त्रण बाहिर गएको बताए । तर शेख हसिना हार मान्न तयार थिइनन् । बल प्रयोग गरेरै भएपनि स्थितिलाई नियन्त्रण राखिन्छ भन्ने अपेक्षा उनले गरेकी थिइन् । तर सुरक्षा बलका शीर्ष अधिकारीहरूले समेत अब यो मामिला नियन्त्रण गर्न सकिँदैन भनेर हात उठाए त्यसपछि मात्रै प्रधानमन्त्रीको पदबाट राजीनामा दिन उनी मानसिक रूपमा तयार भइन् । आफ्नी आमाले आइतबारदेखि नै राजीनामा दिने सोच बनाएको शेख हसिनाका छोरा सजिब वाजिदले बीबीसीसँगको कुराकानीमा भनेका थिए ।

के थियो हसिनाको योजना ?
‘शेख हसिनाले कतिबेला राजीनामामा हस्ताक्षर गरिन् र उनी हेलिकप्टरमा सवार भएर देशबाहिर गइन् यी सबैको जानकारी विशेष सुरक्षा बल, प्रेसिडेन्ट गार्ड रेजिमेन्ट र आर्मी हेडक्वार्टरका केही उच्च अधिकारीलाई मात्र थियो । यो पूरै मामिलालाई निकै गोप्य राखिएको थियो,’ एक उच्च सेना अधिकारीले नाम नछाप्ने सर्तमा बीबीसी बंगलालाई भने । सेनाको स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार हसिना सोमबार बिहान ११ बजे गणभवनबाट निस्किएकी थिइन् । त्यहाँबाट उनी सेनाको हेलिकप्टरबाट भारतको त्रिपुरा राज्यको राजधानी अगरतला पुगिन् । त्यसपछि हसिना र शेख रेहाना विशेष विमानबाट दिल्ली पुगे ।

अन्तिम क्षणमा शेख हसिना दुवै विकल्पहरू खुला राख्न चाहन्थिन् । एकातिर उनी देश छाड्न तयार थिइन् भने अर्कोतिर बल प्रयोग गरेर अन्तिम क्षणसम्म सत्तामा टिकिरहन पनि चाहन्थिन् भनेर शीर्ष अधिकारीहरूसँगको कुराकानीबाट आफूले थाहा पाएको बीबीसी बंगलाले बताएको छ । तर सेनाका शीर्ष अधिकारीहरूले हिंसामा मारिने र घाइतेको सङ्ख्या अरू बढाउन चाहेनन् । आइतबार देशका विभिन्न भागमा सर्वसाधारण र आन्दोलनकारी तल्लो तहका अधिकृत र सिपाहीसँग मिसिएका थिए । स्थितिको समीक्षा गरेपछि सेनाका शीर्ष अधिकारीहरूले अवस्था अहिले सत्तारुढ दलको नियन्त्रणबाहिर गएको बुझिसकेका थिए ।

किन बन्द गरियो इन्टरनेट ?
सोमबार बिहान प्रहरी र सेनाका जवानहरूले टाढाबाट गणभवन (शेख हसिनाको सरकारी निवास) जाने सबै सडकहरूमा घेराबन्दी गरेका थिए । सेनाका शीर्ष अधिकारीहरूबाट प्राप्त जानकारीका अनुसार शेख हसिना सुरक्षित रूपमा तेजगाउँ एयरपोर्ट पुग्न सकुन् भनेर यस्तो गरिएको थियो । अर्कोतर्फ बिहान ९ बजेदेखि देशभर डेढ घण्टा इन्टरनेट सेवा बन्द थियो । शेख हसिनाका गतिविधिबारे सामाजिक सञ्जालबाट कुनै पनि जानकारी नफैलियोस् भनेर इन्टरनेटमा प्रतिबन्ध लगाइएको सेनाका अधिकारीहरूले बताएका छन् । शेख हसिना हेलिकप्टरमा चढेपछि मात्रै इन्टरनेट सुचारु गरिएको थियो ।

सेना र प्रहरी प्रमुखहरूसँग भेटघाट
शेख हसिनाले सोमबार बिहान गणभवनमा तीन सेनाका प्रमुख र प्रहरी प्रमुखसँग भेटवार्ता गरेकी थिइन । ‘शेख हसिनाले स्थिति नियन्त्रण गर्न सुरक्षा बलहरू असफल भएकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन् । भेटका क्रममा हसिनाले प्रहरी महानिरीक्षक (आइजी)तर्फ औँला उठाउँदै प्रहरीले राम्रो काम गरिरहेको बताइन् । यसपछि आइजीले स्थित यस्तो बनेको छ कि अब प्रहरीका लागि लामो समयसम्म यस्तो कडाइ कायम राख्न सम्भव छैन भनेर हसिनालाई बताए भनेर दैनिक प्रथम आलो अखबारले समाचारमा लेखेको छ ।

त्यतिबेलासम्म सडकमा आन्दोलनकारीको भीड जम्मा हुन थालिसकेको थियो । ‘भीडलाई लामो समयसम्म रोक्न सम्भव छैन र मानिसहरू छिट्टै गणभवनतिर आउनेछन् भनेर बैठकमा शेख हसिनालाई बताइसकेको थियो । त्यस्तो अवस्थामा शेख हसिनाको ज्यान धरापमा पर्न सक्थ्यो,’ सेनाका एक उच्च अधिकारीले बीबीसी बंगलालाई भने । बल प्रयोग गरेर ‘लङ्ग मार्च टु ढाका’ रोक्न सफल भएमा पदबाट राजीनामा दिनुहुन्न भनेर हसिनाले सोचेको ती अधिकारी बताउँछन् । आन्दोलनलाई दबाउन सकिएन भने के गर्ने त भन्ने विकल्पमा विचार गरेर उनले देश छाड्ने तयारी पनि गरिरहेकी थिइन् ।

भारतसँग पहिला नै भइसकेको थियो कुराकानी
देशबाट पलायन हुने विषयमा भारतसँग पहिले नै कुराकानी भइसकेको थियो । शेख हसिना बंगलादेशबाट हेलिकप्टरबाट भारतको अगरतला आउन सकिन् भने त्यहाँबाट उनलाई विशेष विमानबाट दिल्ली लगिने भनेर भारतले पहिला नै जानकारी दिइसकेको थियो । हसिनालाई बंगलादेश वायुसेनाको विमानबाट दिल्लीसँग जोडिएको हिन्डन विमानस्थलमा लगियो ।

आफ्नी आमाले देश छोड्न नचाहेको बीबीसीसँगको कुराकानीमा शेख हसिनाका छोरा साजिब वाजिद जोयले भनेका छन् । तर परिवारका सदस्यहरू उनको सुरक्षाबारे चिन्तित थिए । त्यसैले परिवारका सबै सदस्यले उनलाई सुरक्षित ठाउँमा जान दबाब दिए । अर्को छुट्टै कोठामा प्रहरी र सेना प्रमुखहरूले शेख हसिनाकी बहिनी शेख रेहानालाई दिदीलाई राजीनामाका लागि मनाउन कुराकानी गरिरहेका थिए । त्यसपछि रेहानाले हसिनासँग कुरा गरिन् ।

तर यस्तो समयमा पनि हसिना सत्तामै टिकिरहन अडिग थिइन् । बरु सुरक्षाका लागि बहिनी चाहिँ देश छाडेर जाउन् भन्ने हसिनाको इच्छा थियो । त्यतिबेला हसिनाको छोरा सजिब भने एक शीर्ष अमेरिकी अधिकारीसँग फोनमा कुराकानी गरिरहेका थिए । सजिबले नै आफ्नी आमालाई राजीनामा दिन र देश छाडेर सुरक्षित स्थलमा जान मनाएको बताइएको छ । छोरासँग कुरा गरेपछि मात्रै हसिनाले राजीनामामा हस्ताक्षर गरिन् । सडकबाट जान जोखिमपूर्ण भएकोले विमानबाट सेनाले दुबैलाई भारत पुर्‍यायो ।

यतिबेला हसिना र उनको बहिनीको साथमा अवामी लिगका सांसद सलमान फजलुर रहमान पनि थिए । साथमा चार/पाँच वटा सुटकेश मात्रै रहेको सामाजिक सञ्जालमा पोष्ट भएको एउटा भिडियोमा देखिएको थियो । हसिना उडेको केही बेरमा प्रदर्शनकारीहरू उनको सरकारी आवासमा छिरे र तोडफोड तथा लुटपाट गर्न थाले । कुनै समय प्रजातन्त्रको प्रतीकको रूपमा रहेकी हसिना भागेर देश छाडेर गइन् । एजेन्सी

 

Chitwan Aaja चितवन आज
बुधबार, साउन २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

ताजा समाचार

सबै

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीलाई राप्ती नदीमा छोडियो

चितवनमा गौरीबहादुर कार्की आयोग गठित छानबिन आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै जेन्जी समूह

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोलाः महावीर पुन

बन्दीपुरमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.