काठमाडौं, साउन २२-
बेलायतस्थित नेपाली दूतावासले बेलायतमा रहेका नेपालीहरूलाई सुरक्षा संम्यमता अपनाउन आग्रह गरेको छ ।
बेलायतका विभिन्न सहरमा केही दिनदेखि प्रदर्शन भइरहेको छ ।
मंगलबार एक सूचनामार्फत दूतावासले बेलायत भ्रमण गर्न लागेका नेपालीलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न भनेको छ ।
“यस राजदूतावासले वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको छ । यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरू ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ ।
सूचनामा आपत्कालीन अवस्था आए दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार