चितवन, साउन २१ –
नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका २ को अध्यक्षमा बेलपत्र श्रेष्ठ मास्के चयन भएका छन् ।
आज सम्पन्न १४ औं वडा अधिवेशनले बेलपत्रको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्याक्षमा भेषनाथ चौलागाईं, सचिवमा श्रीराम पाण्डे, उपसचिवहरुमा सुरज सापकोटा र नानीराम लामिछाने चयन भएका छन् ।
अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया लगायत विभिन्न तहका एमाले नेताहरु कृष्ण भुर्तेल, विजय सुवेदी, श्याम कुमार विष्ट, प्रकाश ढुंगाना, शंकर थपलिया, वडा इन्चार्ज नवराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।